Lite Nepal

आइतबार, भाद्र १४, २०७७

विराटनगर । प्रदेश १ मा आइतबार कोरोना भाइरसका ९५ जना नयाँ संक्रमित थपिएका छन् ।

एक हजार एक सय ७६ जनाको स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा ३२ महिला र ६३ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।

परीक्षण गरिएकामध्ये एक हजार ८१ जनाको रिपोर्ट नेगेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

संक्रमण पुष्टि भएकामध्ये सबैभन्दा बढी मोरङका ४५ जना छन् ।

मोरङमा पनि प्रदेश राजधानी विराटनगरका ४२ जना रहेका छन् ।

विराटनगरमा २१÷२१ जना महिला र पुरुषमा संक्रमण पुष्टि भएको हो ।

सुनसरीका ३७, झापाका नौ, संखुवासभाका दुई र प्रदेश १ बारिहका दुई जनामा संक्रमण देखिएको छ ।

विराटनगरबाहेक मोरङको लेटाङकी एक महिला, पथरीशनिश्चरे र रंगेलीका एक÷एक पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

सुनसरीको दुहवीका १४ पुरुष, इटहरीका चार महिला, चार पुरुष, इनरुवाका एक महिला, पाँच पुरुष, धरानका एक महिला, पाँच पुरुष, बर्जुका दुई र गढीका एक पुरुषमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

उसका अनुसार झापाको कनकाइमा दुई महिला, छ पुरुष, झापा गाउँपालिकामा एक पुरुष, संखुवासभाको खाँदबारीमा एक पुरुष, स्थानीय तह नखुलेकी एक महिला र प्रदेश १ बाहिरका एक महिला तथा एक पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

प्रदेश १ मा आइतबारसम्ममा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या तीन हजार तीन सय ११ पुगेको छ ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर परीक्षण गरिएका ८७ हजार पाँच सय ९८ जनामध्ये ८४ हजार दुई सय ८७ जनाको रिपोर्ट भने नेगेटिभ आएको छ ।

प्रदेश १ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।

प्रदेश १ स्थायी ठेगाना भएका २३ र नौ जना अन्य प्रदेशका रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा उपचारपछि कोरोना जितेर आइतबार नौ जना डिस्चार्ज भएका छन् ।

उनीहरु सबै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट डिस्चार्ज भएका हुन् ।

हालसम्म डिस्चार्ज हुनेको संख्या एक हजार पाँच सय ३४ पुगेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं