‘एमाले’ र ‘सूर्य’ का लागि संविधान संशोधनको तयारी

बहुमत पुर्‍याउन केही सांसदको खोजी

Lite Nepal

आइतबार, साउन १८, २०७७

काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद उत्कर्षमा पुगेको पनि लामो समय भए । यही उत्कर्षमा न देश रहन सक्छ, न पार्टी नै । अब कि पार्टी फुट्नुपर्छ कि विवाद मिल्नुपर्छ ।

तर, नेकपाभित्रको दुई गुटको अडान हेर्दा विवाद सजिलै मिल्ने अवस्था देखिँदैन । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओली दुवै पद नछाड्ने मुडमा छन् । बरु आवश्यकता परे जस्तोसुकै कदमका लागि तयार रहेको सन्देश उनले दिइसकेका छन् । त्यो ‘जस्तोसुकै’ कदम भनेको पार्टी फुटाउने नै हो ।

उता प्रचण्ड(माधव नेपाल समूह पनि जस्तोसुकै विकल्पको लागि तयार हुँदैछ । ‘अहिलेसम्म हामी पार्टी नफुटोस् भनेर हदसम्मको लचिलो भयौं । तर उताबाट पेल्नेबाहेक काम भएन । यसरी विजातीय तत्वहरु सँगै रहेर न पार्टीलाई फाइदा हुन्छ, न देशलाई,’ दाहाल(नेपाल समूहका एक नेताले भने ।

उनले अगाडि थपे, ‘सम्झौताको सम्भावना सकिएको छ । ओलीजीले पनि अर्का अध्यक्ष प्रचण्डजीलाई हामी आ(आफ्नो तयारी गरौं, धेरै अलमल नगरौैं भन्ने सन्देश दिइसक्नुभएको मैले थाहा पाएको छु ।’

ती नेताका अनुसार, ‘यता अध्यक्ष प्रचण्डले पनि अब लम्बेतान छलफलले केही नहुने, निरन्तरतामा क्रमभंग गरौं भनेर प्रस्ताव गरिसक्नुभएको छ, यसमा माधवजी, झलनाथजी पनि स्पष्ट हुनुहुन्छ तर केही नेताहरुको द्विविधाले अलमल भइरहेको छ ।’

उता बालुवाटार पनि दाहाल(नेपाल समूहले केही निर्णय गर्नासाथ रातारात दल विभाजन गर्ने तयारी अवस्थामा रहेको छ । यसको लागि बालुवाटारका लागि अप्ठेरो पार्टीको नाम ‘एमाले’ र चुनाव चिन्ह ‘सूर्य’ पाउन रहेको छ ।

एमाले नामका लागि पार्टी दर्ता भइसकेको छ तर, फुटेर गएको पार्टीले सूर्य चिन्ह नपाउने अवस्थालाई मध्यनजर गर्दै जसरी पनि संसदीय दलमा बहुमत पुर्‍याउने र संसदीय दलमा बहुमत रहेको समूहले पार्टीको चुनाव चिन्ह पाउने व्यवस्था उल्लेख गर्दै संविधान संशोधनको लागि सबै तयारी भइसकेको बालुवाटार निकट उच्च स्रोतले जनाएको छ ।

तर, पार्टीको नाम एमाले नै लिनुपर्ने र चुनाव चिन्ह सूर्य नै लिनुपर्ने अवस्था अन्तरविरोधी छ । बहुमत समूहलाई चुनाव चिन्ह सूर्य दिने प्रावधान बनाउँदा पार्टीको नाम चाहिँ नेकपा नै लिने कि नलिने रु यसबारे भएको छलफलमा पछि पार्टीको नाम फेर्ने वा आयोगमा दर्ता भएको दलसँग एकता गर्ने विधि अपनाइनेबारे छलफल भएको छ ।

पूर्वमाओवादीको धरमर
ओली समूहको पार्टी फुटाउने योजनामा केही अवरोधहरु छन् । पहिलो कुरा पार्टी फुटेको अपजस आफू नलिने र माधव(दाहाल समूहले कारबाही गरेपछि मात्रै प्रक्रिया अगाडि बढाउने तयारी चलेको छ ।

तर पार्टी फुटाउन संसदमा बहुमत पुर्‍याउन पूर्व माओवादीका केही सांसदहरुले सघाइरहेका छैनन् । उनीहरुले पार्टी फुटाउन नहुने अभियानमा आफूलाई उभ्याउन चाहिरहेका छन् । यसै साता खुमलटार पुगेर पनि उक्त समूहले त्यही कुरा दोहोर्‍याएको थियो ।

संसदीय दलमा बहुमत पुर्‍याउन ओली समूहलाई आधा दर्जन सांसद अझै पुगेका छैनन् । पूर्व माओवादी समूहका असन्तुष्ट सांसदहरु वा पूर्व एमालेकै नेपाल(खनाल समूहका केही सांसदहरु कसरी फुत्काउने भन्ने गृहकार्यमा बालुवाटार जुटिरहेको छ ।

ओलीतिर लागे पनि प्रचण्डतिर लागे पनि पूर्वएमालेका नेताहरुमा राजनीतिक स्पष्टता र अडान देखिए पनि पूर्वमाओवादीका नेताहरु धर्मराउन थालेका छन् । उनीहरुले रातारात ‘युटर्न’ लिन थालेका छन् ।

ओली समूहमा लागेका भनिएका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र टोपबहादुर रायमाझीले समेत अझै दस्तखत गरिसकेका छैनन् । यसका लागि प्रधानमन्त्रीले विभिन्न समूहका सांसदहरुलाई भेटेर सहयोगका लागि आग्रहसहित आश्वासन बाँढ्न थालेका छन् ।

ओलीको इच्छा पूर्वएमाले समूह नटुक्रियोस् र तेल र पानीजस्तै पूर्वएमाले र पूर्वमाओवादी छुट्टिउन् भन्नेछ । सकेसम्म पूर्वमाओवादीका केही नेताहरु आफूतिर पार्ने तर पूर्वएमाले नछाड्नका लागि मेहनत गर्ने बालुवाटारको रणनीति रहेको छ । त्यसका लागि जबज मान्ने र नमान्ने भनेर नयाँ ध्रुवीकरणको बहस सुरु गरिएको छ ।

उनले ‘प्रचण्डसँग पछि लागे उमेर ढल्किएका र उपादेयता सकिएका केही नेताहरु मात्रै जालान्’ भन्ने अभिव्यक्ति समेत दिन थालेको पूर्वमाओवादी समूहका एक नेताले दावी गरे ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा