Lite Nepal

आइतबार, साउन १८, २०७७

काठमाडौं । भारतको उत्तर प्रदेशमा कोरोना संक्रमणका कारण क्याबिनेटमन्त्री कमला रानी वरुणको मृत्यु भएको छ । उनलाई जुलाई १८ मा कोरोना संक्रमण पुष्टि भएको थियो ।

उपचारका लागि लखनउस्थित एसजीपीजीआईमा भर्ना भएकी उनको आज बिहान निधन भएको बीबीसीले जनाएको छ । मुख्यमन्त्री योगी आदित्यनाथले मन्त्री कमला रानीको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनले आज अयोध्या जाने कार्यक्रम स्थगित गरेका छन् ।

कमला रानी शिक्षामन्त्री थिइन् । सन् २०१७ मा बीजेपीले उनलाई कानपुर घाटमपुरबाट चुनावमा प्रतिस्पर्धा गराएको थियो । उनी गत वर्ष क्याबिनेटमन्त्री बनेकी थिइन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं