Lite Nepal

सोमबार, साउन १९, २०७७

काठमाडौं । के तपाईं आफ्नो फोनमा रहेका एपहरुमाथि विश्वास गर्नुहुन्छ । हजारभन्दा धेरै एपहरुले नियमको उल्लंघन गर्ने र अनुमति नदिएको अवस्थामा पनि प्रयोगकर्ताको गोपनीयतालाई भंग गर्ने गरेको विभिन्न अनुसन्धानबाट उजागर भइसकेको छ ।

यस्ता एपहरुले प्रयोगकर्ताको जानकारी बिना नै लोकेसन डेटा र फोन आइडेन्टिफायरहरु संकलन गर्ने गरेका छन् । यस्तो गतिविधिलाई रोक्न आजको समयमा कुनै पूर्ण किसिमको प्रोटेक्सन टेक्नोलोजी पाउन गाह्रो छ । कुनै एपले आज राम्रो काम गर्दैछ भने भोलि त्यही खराब पात्रको रुपमा देखा परिरहेको हुन्छ ।

स्मार्टफोनमा आफ्नो गोपन‍ीयताको सुरक्षाका खातिर तपाईं फोनलाई लक गर्न पिन राख्ने र शंकास्पद ईमेल वा एपलाई बन्द गर्नुहुन्छ भने यो राम्रो अभ्यास हो । तर यदि तपाईं मोबाइल फोन ह्याक र डेटा चोरीको समाचारबाट आत्तिनु भएको छ र यस्तो समस्या आफूलाई नपरोस् भन्ने चाहनुहुन्छ भने तपाईंले फोनको सुरक्षा लागि अझ धेरै काम गर्नुपर्ने हुन्छ ।

आज हामी तपाईंलाई फोनमा गोपनीताको रक्षा गर्नसकिने केही उत्कृष्ट एपहरुको बारेमा बताउँदैछौं, जो एन्ड्रोइड र आईओएस दुवै अपरेटिङ सिस्टममा काम गर्नसक्छन् ।

प्राइभेट ब्राउजिङ
चाहे एन्ड्रोइड होस् वा आईओएस, तपाईंको गोपनीता संरक्षण गर्नसक्ने सबैभन्दा सजिलो माध्यम भनेको भर्चुअल प्राइभेट नेटवर्क अर्थात भीपीएन नै हो । भीपीएनले फ्री वा पब्लिक वाईफाई प्रयोग गरिरहँदा समेत तपाईंको पासवर्ड चोरी हुनसक्ने जोखिमलाई टाल्नसक्छ ।

यसका लागि हामी तपाईंलाई एक्सप्रेस भीपीएन प्रयोग गर्न सुझाव दिन्छौं । यो एउटा उपयुक्त मूल्यमा पाउन सकिने सुरक्षा कवज हो । सेक्युरिटीमा राम्रो छवी बनाएको यो भीपीएनलाई बजारमा दुवै अपरेटिङ सिस्टमका लागि छिटो चल्ने भीपीएन मानिन्छ । यद्यपी जुनसुकै भीपीएन प्रयोग गरे पनि निःशूल्क भीपीएन भने सकेसम्मनि प्रयोग नगर्नुहोस् ।

यदि तपाईं एन्ड्रोइड प्रयोगकर्ता हुनुहुन्छ भने, अल्टिमेट ब्राउजिङ सेक्युरिटीका लागि तपाईंलाई चाहिने एप भनेको टोर ब्राउजर र यसको साथी ओरबूट हो । ओरबूट एउटा मोबाइल ट्राफिक इन्क्रिप्सन टूल हो ।

ओरबूटले तपाईंको ब्राउजर ट्राफिकलाई मात्र इन्क्रिप्ट गर्दैन, यसले इन्टरनेटसँग जोडिएका सबै मोबाइल एपका डेटालाई समेत इन्क्रिप्ट गर्दछ । यस्तै आईओएस प्रयोगकर्ताहरुका लागि अनियन ब्राउजर सबैभन्दा राम्रो छनौट हुनसक्छ ।

तर यसमा भएको एउटा कमजोरी भनेको यसले इन्टरनेट कनेक्ट हुँदा तपाईंका सबै एप डेटालाई इन्क्रिप्ट गर्दैन । यसले केवल ब्राउजिङ डेटालाई मात्र इन्क्रिप्ट गर्दछ ।

तर ध्यानमा के राख्नुहोस् भने एन्ड्रोइडमा ओरबूट वा आईओएसमा अनियन ब्राउजर प्रयोग गर्दा यसले फोनमा लोडिङ स्पीडलाई भने सुस्त बनाउन सक्छ । यद्यपी स्पीड बूस्ट गर्नु पर्‍यो भने तपाईंले ब्रेभ ब्राउजर प्रयोग गर्न सक्नुहुन्छ ।

तर यसका लागि तपाईंले आफ्नो गोपनीयताको केही अंशलाई बली चढाउनु पर्ने हुनसक्छ । यसको स्पीड र यसको बफादार ट्र्याकर ब्लकिङले यसलाई फाइरफक्स र क्रोमभन्दा पनि अगाडि पुर्‍याएको छ ।

तपाईं यति अगाडि पुगिसक्नु भएको छ भने गूगलबाट डक डक गोमा किन सिफ्ट नहुने ? यो गूगलभन्दा फरक, गोपनीयताको रक्षा गर्ने सर्च इञ्जिन हो । यसले विज्ञापन ट्र्याकरलाई ब्लक गर्नुका साथै, इन्क्रिप्सन समेत लागु गर्दछ ।

यसले विज्ञापन गर्न प्रयोगकर्ताको अनलाइन गतिविधिको निरीक्षण गर्दैन । यसले आईओएस र एन्ड्रोइड दुवैका लागि सेवा प्रदान गर्दछ ।

म्यासेजिङ र पासवर्ड
आफ्नो टेक्स्ट सुरक्षित राख्न, सिग्नलको एन्ड्रोइड तथा आईओएस एप नै काफी छ । सिग्नल एपले फोन कल र टेक्स्ट म्यासेज दुवैमा इन्क्रिप्सनसहित सेवा प्रदान गर्दछ ।

तर यहाँनिर एउटा कुरा भने ख्याल राख्नुहोस् । इन्क्रिप्सन तब मात्र पूर्ण रुपमा सम्भव छ, जब तपाईंले म्यासेज वा फोन कल गर्ने व्यक्तिले पनि यो एपको प्रयोग गर्दछ ।

तर यसमा एउटा झन्झट के छ भने यी सेक्युरिटी एपहरु प्रयोग गर्दा तपाईंलाई धेरैवटा नयाँ पासवर्डहरु सेटअप गर्नु पर्ने हुन्छ । यदि एपको गोपनीयताको लागि अन्य कुनै एप छ भने त्यो पासवर्ड म्यानेजर नै हो ।

पासवर्डको लागि अर्को राम्रो विकल्प भनेको वान पासवर्ड एप हो । यो आईओएस र एन्ड्रोइड दुवैमा उपलब्ध छ । यसले सःशूल्क सब्सक्रिप्सनमा धेरै फिचरहरु प्रदान गर्दछ । वान टीबी स्टोरेज र टू फ्याक्टर अथेन्टिकेसन फिचरका लागि यो एपलाई तपाईंले वर्षको ३६ डलर तिर्नु पर्ने हुन्छ ।

यसमा रहेको अ ट्राभल मोडले संवेदनशील डेटाहरु डिभाइसबाट हटाउन मद्दत गर्दछ । साथै एक क्लिकको भरमा ती हटाइएका डेटालाई रिस्टोर समेत गर्न सकिन्छ ।

फाइण्ड माई डिभाइस
तपाईंको फोन हराएको वा चोरी भएको छ भने चिन्ता नलिनुहोस् । तपाईंले स्वीच किल गरेर आफ्नो हराएको फोनभित्र रहेका सम्पूर्ण संवेदनशील डेटालाई टाढैबाट मेटाउन सक्नुहुन्छ ।

यसका लागि एन्ड्रोइड प्रयोगकर्ताहरुले यहाँ क्लिक गरी फाइण्ड माई डिभाइसलाई इनेबल गर्न आवश्यक छ । यो फिचर फोनमा सुरुदेखि नै उपलब्ध छ ।

यदि तपाईंको फोन हराएको छ वा चोरी भएको छ भने यसले टाढैबाट लोकेट गर्न मद्दत गर्दछ । यसको मद्दतबाट तपाईले फोनमा रहेका आफ्ना सबै डेटा मेटाउन सक्नुहुन्छ ।

यसरी ईनेबल गर्नुहोस्
सबैभन्दा पहिले फोनको सेटिङमा जानुहोस् ।
गूगल ट्याप गर्नुहोस् र सेक्युरिटी भित्र छिर्नुहोस् ।
रिमोट्ली लोकेट दिस डिभाइसलाई टर्न अन गर्नुहोस् र अलाउ रिमोट लक एण्ड इरेजमा क्लिक गर्नुहोस् ।
यति गरेपछि गूगल प्ले एपमा जानुहोस् ।
अब सेटिङ पेजमा जानुहोस्, जहाँ तपाईंले आफ्नो एन्ड्रोइड फोन सूचीकृत भएको देख्न सक्नुहुन्छ ।
भिजिबिलिटीअन्तर्गत रहेको शो ईन मेनु बक्समा टिक लगाउनुहोस् ।
अपडेट बटनमा क्लिक गर्नुहोस् ।
आईओएस प्रयोगकर्ताहरुले त्यसका लागि फाइण्ड माई आईफोन फिचर प्रयोग गर्न सक्छन् । यसलाई ईनेबल गर्न

सेटिङमा जानुहोस् ।
एप्पल आइडीमा ट्याप गर्नुहोस् र आफूले प्रयोग गरिरहेको डिभाइसमा ट्याप गर्नुहोस् ।
इनेबल फाइण्ड माई फोनमा जानुहोस् ।
यदि तपाईं फाइण्ड माइ फोनलाई आफ्नो लोकेसनको एक्सेस दिन चाहनुहुन्छ भने निम्न प्रक्रिया अपनाउनुहोस् ।

सुरुमा सेटिङमा जानुहोस् ।
प्राइभेसीमा ट्याप गर्नुहोस् र लेकोसन सर्भिसमा ट्याप गर्नुहोस् ।
त्यहाँबाट तपाईंले फाइण्ड माई फोनलाई लोकेसन एक्सेसको अनुमति दिन सक्नुहुन्छ ।
पासवर्ड म्यानेजरको प्रयोग
पासवर्ड राख्दा सधैं कसैले पनि सजिलै सोच्न नसक्ने अप्ठ्यारा नम्बर तथा अक्षरहरुको समायोजन गर्नुहोस् । ता कि कम्प्यटरले त्यसलाई क्रयाक गर्न नसकोस् ।

यसका लागि विभिन्न किसिमका पासवर्ड म्यानेजर एपहरु उपलब्ध छन् । यस्ता एपले तपाईंको पासवर्डलाई इन्क्रिप्ट गरेर सुरक्षित रुपमा राख्दछन् ।

साथै यीनले बलियो पासवर्ड राख्न अप्सनहरु समेत प्रदान गर्दछन् । एउटै पासवर्ड धेरैवटा अकाउन्टमा प्रयोग गर्ने बानी धेरै नै हानिकारक हुन्छ ।

यसका लागि हामी तपाईलाई लास्ट पास एप समेत प्रयोग गर्न सक्नुहुन्छ । यो आईओएस र एन्ड्रोइड दुवैमा उपलब्ध छ ।

पब्लिक वाईफाईमा भीपीएनको प्रयोग
यदि तपाई सार्वजनिक वाईफाई प्रयोग गर्दै हुनुहुन्छ भने आफ्नो डेटा ट्राफिकलाई इन्क्रिप्ट गरेर सुरक्षित पार्न भीपीएनको प्रयोग गर्नुहोस् । यसो गर्दा अरुले तपाईंको डेटा नेटवर्कमा एक्सेस पाउन सक्दैन ।

यसका लागि विभिन्न किसिमका भीपीएन एपहरु एन्ड्रोइड र आईओएस दुवैमा उपलब्ध छन् । तर यी भीपीएन प्रयोग गर्नु अघि एपमा भएको सर्भिस एग्रिमेन्ट हेर्न भने नछुटाउनु होला ।

एपलाई फोनमा अनुमति दिदाँ ध्यान दिनुहोस्
डेटा सुरक्षाका लागि सबै विज्ञहरुले दिने एउटा महत्वपूर्ण सुझाव भनेको तपाईंले कुनै पनि एपलाई प्रयोग गर्नु अघि त्यसमा भएका शर्तहरुलाई दोहोर्‍याएर चेक गर्नुहोस् ।

यदि कुनै पनि एपले त्यसको सेवालाई सुहाउने भन्दा बाहिरको डेटामा एक्सेस माग्छ भने त्यो एउटा चतावनीको संकेत हो भनेर बुझ्नुहोस् ।

उदाहरणका लागि यदि तपाईं पकेट क्याल्कुलेसनको एप इन्स्टल गर्दै हुनुहुन्छ, तर त्यसले कन्ट्याक्ट लिस्ट र लोकेसनमा एक्सेस माग्छ भने सचेत हुनुहोस् ।

साथै कुनै एप डाउनलोड गरिसकेपछि फोनको व्यवहार र स्वभाव बदलिएको छ भने त्यसलाई पनि ख्याल गर्नुहोस् । कहिलेकाँही मेलिसियस एपहरु ब्याकग्राउण्डमा चलिरहेका हुन सक्छन् ।

जसले तपाईंको ब्याट्री समेत खाइरहेको हुन्छ । यो एउटा खतराको संकेत हो ।

गत डिसेम्बरमा डिजिटल सेक्युरिटी कम्पनी सोपहोसले दुई दर्जन यस्ता एपहरु सार्वजनिक गरेको थियो, जसले फोनमा अस्वभाविक गतिविधिहरु गरिरहेका थिए ।

एप र कम्पनीको बारेमा जानकारी राख्नुहोस्
कुनै पनि एपको इन्टरफेस हेरेर त्यसभित्र लुकेको नराम्रो नियत हामीले थाहा पाउन सक्दैनौं । तर गूगल सर्चले हामीलाई धेरै कुराहरु थाहा पाउन मद्दत गर्दछ । विज्ञहरुका अनुसार तपाईंले डेटा स्क्याण्डल वा स्क्याम भनेर सर्च गर्नु भयो भने कुनै एपसँग सम्बन्धित धेरै कुराहरु बाहिर आउन सक्छन् ।

यसरी सर्च गर्दा त्यो कम्पनीहरुले डेटा ब्रिच गरेको वा भोगेको छ वा छैन भन्ने कुरा पनि थाहा पाउन सकिन्छ । यदि त्यस्तो गरेको वा भोगेको छ भने कस्तो प्रतिक्रिया दिएको छ, भन्ने कुराहरु पनि थाहा पाउन सकिन्छ ।

समस्यालाई सम्बोधन गर्ने स्वभाव कुन कम्पनीको कस्तो छ, कुनै पनि सेक्युरिटी इस्युलाई कतिको गम्भीर रुपमा लिन्छन्, यस्ता कुराहरु यसरी सर्च गरेरै थाहा पाउन सकिन्छ ।

सोसल मिडिया एक्सपोजरलाई सीमित पार्नुहोस्
क्याम्ब्रिज एनालिटिक्सको मामिला बाहिर आएपछि तपाईंहरु मध्ये कतिले फेसबुकमा राख्ने र खुलाउने आफ्नो पहिचान र विवरणलाई सीमित पार्नु भयो होला । तर यदि तपाईं आफ्नो परिवारका सदस्य तथा साथीभाइको अकाउन्टमा प्रत्यक्ष जोडिनुहुन्छ भने तपाईं अझै पनि भर्चुअल विश्वको ‘रेड जोन’ भित्रै हुनुहुन्छ भन्ने बुझ्नुहोस् ।

किनभने कम्पनीहरुले अझैं पनि तपाईंको छायाँ प्रोफाइल बनाइरहेका हुन्छन् । जसमा तपाईंको मन पर्ने, नपर्ने, राजनीतिक झुकाव, धार्मिक विश्वास र धेरै कुराहरु राखिएका हुन्छन् । यसकारण आफ्नो कनेक्सन र सार्वजनिक विवरण खुलासा गर्ने बानीलाई सीमित गरेर राख्नुहोस् ।

नियमित रुपमा सफ्टवेयर अपडेट राख्नुहोस्
डेटा सुरक्षित राख्न आफ्नो स्मार्टफोनको अपरेटिङ सिस्टमलाई अपडेट गर्नु निकै नै महत्वपूर्ण हुन्छ । यस्तो अपडेटले तपाईंको फोनमा हुने कमी कमजोरीलाई फिक्स गर्दै जान्छ ।

ता कि कुनै पनि मेलिसियस ग्रुपले तपाईंको फोनको कमजोरीलाई प्रदुषित गरेर गैरकानुनी एक्सेस पाउन नसकोस् । सफ्टवेयर अपडेट भनेको तपाईंको स्मार्टफोनका लागि कुनै पनि महामारीका लागि भ्याक्सिन भए जस्तै हो ।

गूगल र एप्पल एप स्टोरबाट मात्र एप डाउनलोड गर्नुहोस्
एप स्टोर र प्लेस्टोरमा भएका सबै एपहरु शतप्रतिशत विश्वासिलो हुन्छन् भन्ने होइन । तर एपहरुलाई साइड लोड गर्ने वा अनधिकृत स्रोतबाट डाउनलोड गर्ने गल्ती नगर्न विज्ञहरुले सुझाव दिँदै आएका छन् ।

यी स्टोरमा भएका एपहरुले सधैं डेटा सुरक्षाको गुणस्तर मानकलाई पुरा गर्नुपर्ने हुन्छ । यदि तपाईंले अनधिकृत साइटबाट एप डाउनलोड गर्नु भयो भने यसले रेन्समवेयर, माल्वेयर, स्पाइवेयर र ट्रोजन भाइरसको खतरा बढाउँछ । जसले तपाईंको डिभाइसलाई प्रभावित गर्दछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा