Lite Nepal

मंगलबार, साउन २०, २०७७

वासिंगटन । चीन प्रशासित हंगकंगबाट भागेर अमेरिका पुगेका हंगकंग स्कुल अफ पब्लिक हेल्थका वरिष्ठ वायरोलोजिस्ट डाक्टर ली मेंग यानले कोरोना भाइरस चीनको सैन्य प्रयोगशालामा बनाइएको दावी गरेकी छन् ।

उनले यस खतरनाक भाइरस चीनको वेट मार्केटबाट उत्पत्ती सम्बन्धी धारणालाई पनि खारिज गरेकी छन् । उनको दावीलाई चीनले ठाडै अस्विकार गरेको छ । एक लाइभ स्ट्रिम साक्षात्कारका क्रममा डाक्टर ली मेंगले भने, जब यो महामारी फैलिन शुरु भयो तब मैले स्पष्ट रुपमा मुल्यांकन गरेकी थिएँ कि यो भाइरस चिनियाँ कम्युनिस्ट पार्टीको एक सैन्य प्रयोगशालाबाट आएको थियो । यसलाई लुकाउन वुहान वेट मार्केटको कहानी बुनिएको थियो ।

आफुले यसको सुचना वरिष्ठ अधिकारीहरुलाई दिएकी तर उनीहरुले यसलाई गम्भिरता पुर्वक नलिएको र त्यसमा ध्यान दिन आवश्यक नठानिएको डाक्टर ली मेंगले बताए । चिनियाँ कम्युनिस्ट पार्टीका लागि उनको रिपोर्ट अस्विकार गर्न कठिन हुने उनले दावी गरे ।
चिनियाँ कम्युनिस्ट पार्टी विरुद्ध बोलेपछि जो कसैलाई पनि गायब पार्न सक्ने कुरा आफुलाई थाहा भएको र त्यसैले आफुले सबै जानकारी संकलन गर्न शुरु गरेको थियो ।

वायरोलोजिस्ट डाक्टर ली मेंग अप्रिलमा हंगकंगबाट अमेरिका पुगेकी थिइन् । चिनियाँ राष्ट्रिय सुरक्षा कानुन अन्तर्गत आफु पक्राउ पर्ने डरले सताइरहेको उनले बताइन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं