Lite Nepal

बुधबार, साउन २१, २०७७

काठमाडौं । लेबनानको राजधानी बेरुतमा विष्फोटक पदार्थ राखिएको गोदाम घरमा ठूलो विष्फोट भएको छ । लेबनानका स्वास्थ्यमन्त्रीले विष्फोटबाट कम्तिमा ७० जनाको मृत्यु भएको र करिब चार हजार जना घाइते भएको बताएका छन् ।

यो घटनापछि लेबनानका प्रधानमन्त्री हसन दिआबले बुधबार राष्ट्रिय शोक घोषणा गरेका छन् । घटनालाई भयावह भन्दै उनले दोषी जो भए पनि उन्मुक्ति नपाउने बताएका छन् ।

गोदाममा विष्फोटक पदार्थ असुरक्षित तरिकाले राखिएकाले यो घटना भएको बताइएको छ । गोदाममा सन् २०१४ देखि विष्फोटक पदार्थ भण्डारण गरेर राखिएको बताइएको छ । त्यहाँ २ हजार ७ सय ५० टन विष्फोटक पदार्थ नाइट्रेट रहेको थियो ।

राष्ट्रपति माइकल इयोनले ट्वीट गरेर भनेका छन्, ‘२ हजार ७ सय ५० टन विष्फोटक पदार्थ नाइट्रेट असुरक्षित तरिकाले भण्डारण गर्नु अस्वीकार्य छ ।’

सामाचार एजेन्सी एएफपीसँग एक प्रत्यक्षदर्शीले बताएअनुसार गोदाम घर वरपरका भौतिक संरचनाहरु पनि ध्वस्त भएका छन् । विष्फोट यति भयानक थियो कि त्यसको आवाज पूर्वी भूमध्यसागरमा २४० किलोमिटर टाढा साइप्रससम्म सुनिएको थियो ।

विष्फोट कसरी भयो भन्ने जाँच भइरहेको अधिकारीहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं