Lite Nepal

बुधबार, साउन २१, २०७७

विराटनगर । भल्ब भएको माक्सको माग अहिले बजारमा निकै छ । यसको प्रयोगका अवगुण बारेमा थाहा नभएकाहरु यो माक्स लगाउन खोज्छन् । सर्जिकल माक्स भन्दा धेरै महंगो पर्ने भएकाले पनि भल्बवाला माक्स लगाउन होडवाजी जस्तै देखिन्छ । महंगो हुनासाथ राम्रो हुन्छ भन्ने नेपाली सोचाइका कारण भल्बवाला माक्स अहिले एक किसिमको फेसन जस्तै बनेको छ । तर , भल्बवाला माक्स कोरोना संक्रमणका लागि सजिलो माध्यम भएको विज्ञ चिकित्सकले बताएका छन् ।

त्रिभुवन शिक्षण अस्पतालका कोभिडि व्यवस्थापन समितिका संयोजक डा।शान्तकुमार दासका अनुसार ‘कोरोना संक्रमित मानिसले भल्बवाला माक्स लगाएको छ , भने त्यसबाट कोरोना संक्रमण तीव्र गतिमा सर्ने गर्छ । भल्बबाट संक्रमितको स्वास निकै जोडले बाहिर आउने हुँदा संक्रमण तुरुन्तै फैलिन्छ ।

ुआजको परिस्थितिमा माक्सको प्रयोग गर्नु कोरोना संक्रमणलाई रोक्नका लागि भएकाले भल्बवाला माक्स नलगाउन,ु डा।दासले आग्रह गरेका छन् । ुभल्बको प्वाल सानो हुने र संक्रमितको स्वास एकतृत भएर जोडसंग बाहिर निस्किने भएका कारण आसपासमा भएका निरोगी मानिसहरुलाई पनि छिट्टै संक्रमण हुन्छ,ु उनले भने ।

कसैले भल्बवाला माक्स लगाएको छ भने टाढै बस्न आग्रह समेत डा।दासले गरेका छन् । भल्बवाला माक्स लगाउनु भन्दा सुतीको पडाको माक्स लगाउन उनेले सुझाव दिएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं