Lite Nepal

बिहिबार, साउन २२, २०७७

काठमाडाैं । सरकारले कोरोना संक्रमणको जोखिम न्यूनीकरणका नाममा पुनः देशव्यापी बन्दाबन्दी (लकडाउन) गर्ने योजना नरहेको सरकारले जनाएको छ ।

सरकारले भदौ १ गतेदेखि सञ्चालन गर्ने भनिएको हवाइ उडान, लामो दूरीका सार्वजनिक यातायात र स्कूल भने तत्काल नखुल्ने संकेत गरेको छ ।

साउन १९ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले गत चैत्र ११ गतेदेखि भएको जस्तै लकडाउन फेरि नहुने स्पष्ट गरेका हुन् ।

‘अहिले नै देशव्यापी लकडाउन भनेर जानेतर्फ सोचेको छैन । त्यस्तो परिस्थिति भयो भने स्थानीय प्रशासनले यो कदम चाल्न सक्छ । दुई दर्जन स्थानीय तहमा बन्दाबन्दी गरिएको छ,’ मन्त्री खतिवडाले भने, ‘त्रसित भएर पूर्ण लकडाउन हुन्छ कि भन्ने अवस्था छैन । सन्त्रस्त नहुन सबैलाई आह्वान गर्छु ।’

स्वास्थ्य क्षेत्रका विज्ञ र आर्थिक क्षेत्रका विज्ञले सरकारले गर्नुपर्ने कामको सुझाव दिएकाले सोही अनुसार अगाडि बढ्ने उनले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा