Lite Nepal

शुक्रबार, साउन २३, २०७७

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र इतर समूहबीच पार्टीका विभिन्न निकायलाई पूर्णता दिने कि नदिने भन्नेमा सहमति जुट्न सकेन । पार्टीका विभाग गठन गर्ने विषयमा दुई पक्षबीचको विवाद सतहमा आएपछि सभापति देउवाले बिहीबार पदाधिकारी र पूर्वपदाधिकारीको बैठक राखेर सहमतिको प्रयास गरेका थिए ।

आफ्नै निवास बूढानीलकण्ठमा बिहान ९ बजे बोलाइएको बैठकमा सभापति देउवाले पार्टीका विभागहरू गठन गर्ने यसअघिको अडान दोहो¥याउँदै नेता रामचन्द्र पौडेलसहितका इतर पक्षसँग नाम मागेका थिए । पौडेलसहितका नेताहरूलाई पर्खेकै कारण विभागहरू गठन गर्न ढिलाइ भएको जनाउँदै देउवाले एकदुई दिनमै पूर्णता दिने र बाँकी रहेकामा पनि संयोजक तोक्ने स्पष्ट पारेका थिए ।

‘तपाईंहरूले आजआज भोलिभोलि भनेर नाम दिन ढिलाइ गर्दा विभाग गठन हुन नसकेको हो,’ देउवालाई उद्धृत गर्दै सहभागी एक नेताले भने, ‘मलाई असफल बनाउन खोज्दा पार्टी नै कमजोर भयो । अझै समय छ, नाम दिनुहोस्, अब म रोकिन्न ।’

देउवाले पार्टीका प्रमुख भ्रातृ संगठनहरू नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलको केन्द्रीय समितिलाई पनि छिट्टै पूर्णता दिनुपर्ने भन्दै नाम दिन इतर पक्षसँग आग्रह गरेका छन् । तर पौडेलसहितका इतर पक्षले भने आफ्नो पुरानै अडान दोहो¥याउँदै पार्टीको १४औं महाधिवेशनको प्रक्रिया सुरु भइसकेकाले विभागसहितका निकाय गठन नगर्न सभापतिलाई सुझाएका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा