Lite Nepal

शुक्रबार, साउन २३, २०७७

ताप्लेजुङ । ताप्लेजुङमा भतिजीसँगको अनैतिक सम्बन्ध खुल्ने डरले आफ्नै भाईले दाजुको हत्या गरेका छन् ।

भतिजीसँगको अनैतिक सम्बन्ध थाहा पाएपछि मेरिङ्देन गाउँपालिका ५ का पेम्बालाक्पा शेर्पाले आफ्नै दाजु फुर्वाग्यावेको हत्या गरेको प्रहरीले जनाएको छ ।

हत्यामा भतिजीको समेत संलग्नता रहेकाले दुबैजनालाई साउन १९ गते पक्राउ गरिएको ताप्लेजुङका प्रहरी प्रमुख महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

घरबाट ६ घण्टा टाढा रहेको गाइगोठमा बस्दै आएका फुर्वाग्यावेलाई साउन ८ गते हत्या गरेको खुलेको छ । ‘भाई र भतिजीबिचको सम्बध थाहा पाएपछि दाजुको चिर्पटले हानेर हत्या गरी गोठको अगेनामाथी राखेर म्याट्रिस, राडी र कम्बलले छोपेर आगो लगाएछन्,’ प्रहरी प्रमुख श्रेष्ठले भने ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं