Lite Nepal

बिहिबार, आश्विन ०८, २०८३

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका पुगेका छन् । शिष्टाचारको परम्परा तोड्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जोइन्ट बेस एन्ड्रयुज विमानस्थलमा सीलाई स्वागत गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

ट्रम्पले सीका लागि अमेरिकी परम्परा तोडेका हुन् । अमेरिकी इतिहासमा विदेशी नेताहरूलाई राष्ट्रपतिले ह्वाइट हाउसमै भेट्ने परम्परा रहेको थियो ।

ट्रम्प सीलाई स्वागत गर्न विमानस्थलमा पहिले नै पुगिसकेका थिए ।

ट्रम्पसँगै अमेरिकी प्रथम महिला मेलानिया ट्रम्प पनि उपस्थित थिइन् । सीका साथमा उनकी पत्नी पेङ लियुआन थिइन् ।

अमेरिकी सैन्य विमानहरूले उनीहरूको स्वागत गर्‍यो भने बी १ बम्बर विमानले फ्लाइपास्ट (आकाशमा गरिने हवाई शो) गरेको थियो । सैन्य ब्यान्ड, गार्ड अफ अनर र फ्लाइपास्टले स्वागत समारोहको भव्यता बढाएको थियो ।

ट्रम्प र सी जिनपिङबीच बिहीबार द्विपक्षीय बैठक हुनेछ । बैठकमा व्यापार, भन्सार महसुल, कृत्रिम बुद्धिमत्ता (एआई) लगायतका विषयमा छलफल हुनसक्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं