Lite Nepal

शनिबार, साउन २४, २०७७

एजेन्सी : भारतको केरल राज्यमा शुक्रबार बेलुकी भएको विमान दुर्घटनामा ज्यान गुमाउनेको संख्या १७ पुगेको छ। दुबईबाट आएको एयर इन्डियाको फ्लाइट आइएक्स १३४४ जहाज केरलको कोझीकोड एअरपोर्टमा अवतरण गर्दै गर्दा दुर्घटनाग्रस्त भएको थियो।

विमानमा चालकदलका ७ जना सदस्यसहित १९० जना सवार थिए। यात्रुमध्ये १० जना बालबालिका रहेको जनाइएको छ। घाइते भएका झण्डै १६० जना यात्रीलाई उपचारका लागि विभिन्न अस्पतालमा लगिएको छ। दुर्घटनामा परेका २५ यात्रुको अवस्था गम्भीर छ।

शुक्रबार साँझ ७ बजेर ३८ मिनेटमा यो जहाज एयरपोर्टमा अवतरण गर्ने क्रममा थियो। त्यतिखेर निकै ठूलो झरी परेको र धावन मार्गमा छुनासाथ विमान रनवेमा चिप्लिएको थियो। दुर्घटनाका कारण दुई टुक्रा भएको जहाजको अघिल्लो भाग नराम्ररी क्षतिग्रस्त भएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं