Lite Nepal

शनिबार, साउन २४, २०७७

काठमाडौं । शुक्रबार भारतीय विमान दुर्घटनामा परेर मृत्यु भएका १८ मध्ये एकमा कोरोना भाइरस ‘कोभिड १९’ को संक्रमण देखिएको छ।

मृतकमध्ये एकमा कोरोना पुष्टि भएको छ भने उक्त विमानमा सवार रहेका एकमा कोरोना संक्रमणको आशंका गरिएको बीबीसीहिन्दीले जनाएको छ।

मृतक एकमा कोरोना देखिएपछि केरलाका स्वास्थ्यमन्त्री केके शैलजाले उद्धारमा खटेका सबैलाई क्वारेन्टिनमा बस्न निर्देशन दिएकी छिन्।

विमान दुर्घटनमा परेसँगै दुर्घटनास्थलमा भिड लागेको थियो। केरला राज्यमा शुक्रबार राति ७ बजेर ४० मिनेटमा एयर इन्डिया एक्सप्रेसको यात्रुवाहक विमान दुर्घटनामा परेको थियो।

संयुक्त अरब इमिरेट्सको दुबईबाट भारतीय नागरिकहरूलाई लिएर आएको उक्त विमान क्यालिटकमा शुक्रवार साँझ अवतरणका क्रममा दुर्घटनाग्रस्त भएको थियो।

विमानमा चालक दलका छ सदस्य र १८४ यात्रुहरू थिए। उक्त बोइङ ७३७ विमान धावनमार्गमा चिप्लिएपछि दुर्घटनामा परेको उड्डयन अधिकारीहरूले बताएका छन्। एजेन्सी

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं