विराटनगर । कोशीमा पानीको बहाव बढ्दो क्रम रहेको छ । कोशी ब्यारेज कन्ट्रोल रुमले दिएको जानकारी अनुसार दिउँसो १२: १५ बजेसम्मको विवरणअनुसार कोशी ब्यारेजमा २,१७,४१५ क्युसेक पानीको बहाव मापन गरिएको छ। पानीको सतह बढ्दो क्रममा रहेको र अवस्था खतराको तहमा पुगेको जनाइएको छ।
हालसम्म २८ वटा ढोका खोलिएको छ। नदी आसपासका बासिन्दालाई सतर्क रहन तथा स्थानीय प्रशासनको सूचनालाई ध्यान दिन आग्रह गरिएको छ।
