Lite Nepal

शनिबार, साउन २४, २०७७

विराटनगर । प्रदेश १ मा शनिबार ६१ जना कोरोना भाइरस (कोभिड १९) का नयाँ संक्रमित थपिएका छन् ।

शनिबार थपिने संक्रमितमा सबैभन्दा धेरै मोरङमा ४८ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यस्तै सुनसरीमा १०, मोहोत्तरी ठेगाना उल्लेख गरिएका २ र राजविराज ठेगाना उल्लेख भएका १ पुरूषमा पनि कोरोना संक्रमण देखिएको मन्त्रालयले जानकारी दिएको छ ।

संक्रमित मध्ये ४७ जना पुरूष र १४ जना महिला छन् । शनिबार सबैभन्दा बढी संक्रमित भेटिएको मोरङको विराटनगर महानगरपालिकाभित्र मात्र ३३ जना नयाँ संक्रमित छन् ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला ल्याबमा गरिएको प्ररीक्षणमा बुढीगंगा गाउँपालिकाभित्र रहेको आरती स्ट्रिप्स् इण्डस्ट्रिज प्रा.लि.मा कार्यरत थप १२ जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रालीका कर्मचारी र मजदुरहरूमा कोरोना संक्रमण देखिएका हो । यस्तै मोरङको धनपालथान, कटहरी र उर्लाबारीमा १÷१ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

शनिबारनै सुनसरीको धरानमा २ पुरूष र २ महिला, दुहबीमा ३ पुरुष र १ महिलामा संक्रमण देखिएको छ भने इनरुवामा २ पुरुषमा संक्रमण पुष्टि भएको छ ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १३ सय ७३ पुगेको छ । त्यसमध्ये कोरोना संक्रमण जितेर ९०८ जना डिस्चार्ज भएका छन् ।

प्रदेश १ मा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भइसकेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा