Lite Nepal

शनिबार, साउन २४, २०७७

विराटनगर । प्रदेश १ मा शनिबार ६१ जना कोरोना भाइरस (कोभिड १९) का नयाँ संक्रमित थपिएका छन् ।

शनिबार थपिने संक्रमितमा सबैभन्दा धेरै मोरङमा ४८ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यस्तै सुनसरीमा १०, मोहोत्तरी ठेगाना उल्लेख गरिएका २ र राजविराज ठेगाना उल्लेख भएका १ पुरूषमा पनि कोरोना संक्रमण देखिएको मन्त्रालयले जानकारी दिएको छ ।

संक्रमित मध्ये ४७ जना पुरूष र १४ जना महिला छन् । शनिबार सबैभन्दा बढी संक्रमित भेटिएको मोरङको विराटनगर महानगरपालिकाभित्र मात्र ३३ जना नयाँ संक्रमित छन् ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला ल्याबमा गरिएको प्ररीक्षणमा बुढीगंगा गाउँपालिकाभित्र रहेको आरती स्ट्रिप्स् इण्डस्ट्रिज प्रा.लि.मा कार्यरत थप १२ जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रालीका कर्मचारी र मजदुरहरूमा कोरोना संक्रमण देखिएका हो । यस्तै मोरङको धनपालथान, कटहरी र उर्लाबारीमा १÷१ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

शनिबारनै सुनसरीको धरानमा २ पुरूष र २ महिला, दुहबीमा ३ पुरुष र १ महिलामा संक्रमण देखिएको छ भने इनरुवामा २ पुरुषमा संक्रमण पुष्टि भएको छ ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १३ सय ७३ पुगेको छ । त्यसमध्ये कोरोना संक्रमण जितेर ९०८ जना डिस्चार्ज भएका छन् ।

प्रदेश १ मा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भइसकेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं