Lite Nepal

आइतबार, साउन २५, २०७७

काठमाडौं। हाल देशका अधिकांश भू-भागहरूमा समान्यदेखि पूर्ण बदलीका साथ प्रदेश १ र २ का थोरै तथा बाँकी प्रदेशहरूका केही स्थानहरुमा पानी परिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानहरूमा भने भारी वर्षा भइरहेको छ।

मनसुनी न्यून चापीय रेखा (वर्षा गराउने प्रणाली) हाल नेपाल नजिक दक्षिणतर्फ अवस्थित रहेको छ। यो रेखा विस्तारै तराई भू-भाग नजिक सर्ने सम्भावना देखिएकोले मनसुन सक्रिय भएर देशका धेरैजसो स्थानहरूमा केही दिन पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आगामी २४ घण्टामा प्रदेश १, २, बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका का थोरै स्थानहरूमा भारी वर्षाको अनुमान गरिएको छ।

ती स्थानहरू भएर बहने स-साना नदीहरूमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुनसक्ने भएकोले सतर्कता अपनाउन अनुरोध गरिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा