Lite Nepal

आइतबार, साउन २५, २०७७

काठमाडौं। हाल देशका अधिकांश भू-भागहरूमा समान्यदेखि पूर्ण बदलीका साथ प्रदेश १ र २ का थोरै तथा बाँकी प्रदेशहरूका केही स्थानहरुमा पानी परिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानहरूमा भने भारी वर्षा भइरहेको छ।

मनसुनी न्यून चापीय रेखा (वर्षा गराउने प्रणाली) हाल नेपाल नजिक दक्षिणतर्फ अवस्थित रहेको छ। यो रेखा विस्तारै तराई भू-भाग नजिक सर्ने सम्भावना देखिएकोले मनसुन सक्रिय भएर देशका धेरैजसो स्थानहरूमा केही दिन पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आगामी २४ घण्टामा प्रदेश १, २, बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका का थोरै स्थानहरूमा भारी वर्षाको अनुमान गरिएको छ।

ती स्थानहरू भएर बहने स-साना नदीहरूमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुनसक्ने भएकोले सतर्कता अपनाउन अनुरोध गरिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं