Lite Nepal

मंगलबार, आश्विन ०६, २०८३

झापा । झापामा भदौ महिनामा २५ विपद्का घटना हुँदा रु. १९ लाख ४५ हजार बराबरको भौतिक क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रञ्जन अवाका अनुसार विपद्का घटनामा मानवीय क्षति नभए पनि एक जना घाइते भएका छन् । घटनाबाट प्रभावित ६९ जनालाई प्रहरीले सकुशल उद्धार गरेको छ ।

उक्त महिनामा बाढी र पहिरोका घटना नभए पनि जङ्गली जनावरको आक्रमण प्रमुख विपद्का रूपमा देखिएको छ । कूल २५ घटनामध्ये १७ वटा जङ्गली जनावरको आक्रमणका रहेका छन् । जनावरको आक्रमणबाट एक जना घाइते भएका छन् भने ५५ जनाको उद्धार गरिएको छ । यसबाट रु छ लाख ३५ हजार बराबरको भौतिक क्षति भएको प्रहरीको तथ्यांक रहेको छ ।

यस्तै, जिल्लाका विभिन्न स्थानमा सात वटा आगलागीका घटना हुँदा रु. १२ लाख १० हजार बराबरको क्षति भएको छ । चट्याङबाट रु. एक लाख बराबरको क्षति भएको छ । प्रहरी नायब उपरीक्षक अवाले विपद्का समयमा तत्काल उद्धार तथा राहतका लागि प्रहरी टोलीलाई चौबीसै घण्टा उच्च सतर्क अवस्थामा राखिएको बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं