Lite Nepal

मंगलबार, आश्विन ०६, २०८३

काठमाडौं । काठमाडौं त्रिपुरेश्वरमा बसमा भएको आगलागीमा गम्भीर घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ ।

उनको कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेदीले जानकारी दिए । उनका अनुसार मृतकको नाम र ठेगाना भने खुल्न बाँकी छ ।

सोमबार मध्यान्ह ऋद्धिसिद्धि यातायातको बसमा आगलागी हुँदा उनी घाइते भएका थिए । उनको शरीको धेरै भाग जलेको थियो ।

सुरक्षाकर्मी र स्थानीयले उनलाई गाडीबाट निकालेर बर्न अस्पताल पुर्‍याएका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं