Lite Nepal

आइतबार, साउन २५, २०७७

मेरिल्यान्ड (एजेन्सी) । मदिरायुक्त ह्यान्ड सेनिटाइजर सेवन गर्दा अमेरिकाका दुई राज्यमा ४ जनाले ज्यान गुमाएका छन् । कोरोना भाइरसको संक्तमण रोक्न प्रभावकारी मानिएको ह्यान्ड सेनिटाइजर कोरोना महामारीले गर्दा जनजीवनमा विषाणु मुक्त पार्न ब्यापक प्रयोग भइरहेको छ ।

स्वास्थ्य अधिकारीहरुले यहै हप्ता मात्रै गन मे र जुनमा ह्यान्ड सेनिटाइजर पिउनाले एरिजोना र न्यु मेक्सिकोमा १५ वयस्कको शरीरमा विषादी फैलिएको जानकारी दिएका थिए । ती मध्य ४ जनाको मृत्यु भएको र अन्य तीन जना दृष्टि सम्बन्धी समस्या भोग्नु परेको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले जनाएको छ । ती सबैले सेनिटाइजर सेवन गरेका थिए, जसमा मेथनोल वा वुड अल्कोहलको मिश्रण थियो । वैध सेनेटाइजरमा किटाणु मार्न प्रमुख सामाग्रीमा इथाइल अल्कोहलको प्रयोग हुन्छ, जसलाई सेवन गर्न सकिन्छ तर केही कम्पनीले त्यसको सट्टा विशाक्त मेथानोलको प्रयोग गरिरहेका छन् । उक्त रसायन कुनै ठोस पदार्थ गलाउनमा प्रयोग हुने गर्छ ।

अमेरिकी खाद्य तथा औपाधी प्रशासनले जुनमा मेक्सिकोमा बन्ने ह्यान्ड सेनिटाइजर जेललाई लिएर त्यसमा बढी मात्रामा मेथानोल प्रयोग भइरहेकोमा सचेत गराएको थियो । त्यसपछि एफडीएले लगातार यस प्रकारका उत्पादनको सुची तयार पारेको थियो । एफडीएले मेथानोलको प्रयोग भएका थुप्रै सेनिटाइजरको पहिचान गरिएको थियो र निर्माता तथा वितरकहरुले त्यसलाई अमेरिकाबाट फिर्ता गरेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं