काठमाडौं । सरकारले १ देखि १५ असोजसम्म सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रममा नगद पुरस्कार जित्ने करदाताको नाम सार्वजनिक गरेको छ। कार्यक्रमको चिट्ठा १६ असोजमा खोलिएको थियो। यसपटक १० लाख रुपैयाँको नगद पुरस्कार लालबाबु साह कानुले जितेका छन्।
त्यस्तै, दैनिक १/१ लाख रुपैयाँ नगद पुरस्कार जित्ने करदातामा कुमारी द्रोपदी भाट, खुश्बु गुरुङ/प्रकाश राई, दिनेशकुमार चौधरी, प्रेमप्रसाद सापकोटा, अप्सरा बस्नेत थापा, सुवास चौहान, इश्वरी कार्की, संगिताकुमारी खतिवडा, राजेश शर्मा, अमिर सादुला, जेनकुमार तामाङ र सन्तोषसिंह मगर रहेका छन्।

पुरस्कार विजेताले आफूले पुरस्कार जितेको प्रमाणित हुने बिलसहित नजिकको आन्तरिक राजस्व कार्यालयमा ३१ असोजभित्र निवेदन दिनुपर्नेछ।

