Lite Nepal

आइतबार, साउन २५, २०७७

काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकरको बुद्ध सम्बन्धी विवादास्पद अभिव्यक्ति भारतीय विदेश मन्त्रालयले सच्चाएको छ।

भारतीय विदेश मन्त्रालयले भगवान गौतम बुद्धको जन्मभूमिबारे मन्त्रीले दिएको अभिव्यक्ति सच्याएको हो। आइतबार साँझ भारतले बुद्ध लुम्बिनीमा जन्मिएको र त्यो नेपालमा पर्ने उल्लेख गरेको छ।

भारतले जयशंकरको अभिव्यक्ति बौद्ध विरासतसँग सम्बन्धित भएको भन्दै विदेश मन्त्रालयले भनेको छ, ‘यसमा कुनै शंका छैन कि गौतम बुद्ध लुम्बिनीमा जन्मिएका हुन्। जुन नेपालमा पर्छ।’

जयशंकरले एक सम्मेलनमा बुद्ध भारतीय भएको बताएपछि यसको नेपालमा चर्को विरोध भएको छ। नेपाल सरकारले गौतम बुद्ध भारतमा जन्मिएको भनी भारतीय विदेशमन्त्री जयशंकरको अभिव्यक्तिप्रति औपचारिक रुपमा खण्डन गरेको थियो।

परराष्ट्र मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै विदेशमन्त्री जयशंकरको उक्त भनाइको खण्डन गरेको थियो। गौतम बुद्ध नेपालमा जन्मिएको भन्‍ने तथ्य निर्विवाद र स्थापित रहेको उल्लेख गर्दै मन्‍त्रालयको विज्ञप्तीमा भनिएको थियो, ‘ऐतिहासिक तथा पुरातात्त्विक प्रमाणहरूबाट गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मिएको भन्ने स्थापित भइसकेको छ र यो तथ्य निर्विवाद छ। बुद्धको जन्मस्थल र बौद्ध धर्मको धरोहर लुम्बिनी युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकत सम्पदामध्ये एक हो।’

नेपालले जयशंकरको अभिव्यक्तिको खण्डन गरे लगत्तै भारतीय विदेश मन्त्रालयले उनको अभिव्यक्ति सच्याएको हो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं