Lite Nepal

सोमबार, साउन २६, २०७७

काठमाडौं । आज (सोमबार) देशभर केही स्थानमा हल्कादेखि भारीसम्म वर्षा हुने अनुमान मौसमविद्ले गरेका छन्। उसो त अहिले (यो खबर लेखिरहेका बेला सोमबार बिहान ६:३० बजे) पनि सबै प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन्।

‘राति कतै-कतै भारी वर्षा पनि भएको छ,’ नेपालखबरसँग नगरकोटीले भनिन्, ‘त्यही वर्षा अहिले कम हुँदै गएको हो।’

उनका अनुसार काठमाडौं उपत्यकामा पनि रातभर हल्कादेखि मध्यमसम्म वर्षा भएको छ। अघि बिहान ६ बजे मात्र रोकिएको हो। काठमाडौंमा १६.७ मिलिमिटर वर्षा भएको छ।

‘काठमाडौं उपत्यकामा दिउँसो केही बेर घाम लाग्ने सम्भावना छ,’ उनले भनिन्, ‘त्यसपछि पुनः बदली भई क्षणिक वर्षा हुने अनुमान छ।’

मौसमविद् नगरकोटीका अनुसार आज प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिममा भारी वर्षा हुने सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाले सोमाबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा भनिएको छ-

‘दिउँसो देशभर सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।’

यस्तै राति पनि देशका अधिकांश भूभागमा सामान्य वदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम तथा बागमती, प्रदेश १, गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।

आगामी २४ घण्टा (सोमबार बिहान ६ बजेदेखि मंगलबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श जारी गर्दै महाशाखालो भनेको छ-

‘देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम साथै प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका का एक वा दुई स्थानमा भारी वर्षासमेत हुनसक्ने देखिएकाले उक्त स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलरपानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं