Lite Nepal

सोमबार, साउन २६, २०७७

मस्को । रुसले कोरोना विरुद्धको खोप आफुले निर्माण गर्न सफल भएको दाबी गरेको छ । के अब यसले कोरोना भाइरस विरुद्धको लडाँइलाई जित्नसंसारभर रुसले बनाएको भनेको यो खोपबारे निकै चर्चा चलिरहेको छ । रुसले १२ अगस्टमा कोरोना विरुद्धको खोप दर्ता गर्ने जनाएको छ ।

रुसका उपस्वास्थ्य मन्त्री ओलेग ग्रीडनेभले १२ अगस्टमा कोरोना भाइरस विरुद्धको खोप दर्ता गर्ने र आगामी महिनाबाट उत्पादन सुरु गर्ने जानकारी दिनुभएको छ । उहाँले खोप बताउनुभयो । यो खोप रक्षा मन्त्रालय र गामलेया रिसर्च इन्स्टिच्यूटले संयुक्त रुपमा विकास गरेका हुन् ।

रुसले मानिसमा गरिएको अन्तिम चरणको खोपको परीक्षण सफल भएको र छिट्टै बजारमा खोप ल्याउने बताएको छ । जुन १८ देखि क्लिनिकल ट्रायल भएको थियो । परीक्षणमा सहभागी सबैको रोग प्रतिरक्षा विकास भएको पाइएको थियो । पहिलो चरणको परीक्षणमा सहभागि भएकालाई जुलाई १५ र दोस्रो चरणकोलाई जुलाइ २० मा डिस्चार्ज गरिएको थियो ।

स्वास्थ्यमन्त्री मिखाइल मुराश्कोले सेप्टेम्बरको अन्त्यसम्ममा खोपको उत्पादन हुने बताउनुभयो । संसारभर सय भन्दा बढी खोपको परीक्षण भइरहेको छ जसमा केहीको अन्तिम परीक्षण चलिरहेको छ यद्यपी हालसम्म आधिकारिक रुपमा कोरोना विरुद्धको खोप आइसकेको छैन । गत डिसेम्बरबाट देखिएको कोरोना संक्रमणबाट संसारभर १ करोड ९४ लाख ९९ हजार मानिस बिरामी भएका छन् भने ७ लाख २३ हजार ८८९ संक्रमितको मृत्यु भइसकेको छ । १ करोड १८ लाख ६४ हजार संक्रमित निको भएका छन् । एजेन्सी ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा