Lite Nepal

बिहिबार, साउन २९, २०७७

एजेन्सी । फिलिपिन्स र भेनेजुयलाले आफ्नो देशमा रुसी भ्याक्सिन प्रयोग गर्ने भएका छन् । गत मंगलबार रुसमा दर्ता भएको ‘स्पुटनिक पाँचौ’ कोभिड–१९ भ्याक्सिनको तेस्रो चरणको क्लिनिकल ट्रायल आफ्नो देशमा गर्न उनीहरु तयार भएका हुन् ।

भेनेजुयलाले विश्वको पहिलो कोभिड–१९ भ्याक्सिन दर्ता गर्ने रुसी प्रस्तावको स्वागत पनि गरेको छ । परीक्षण सफल भएमा स्थानीय बजारमा यसको प्रवर्द्धन र प्रयोगका लागि भेनेजुयला तयार रहेको भेनेजुयलाका लागि रुसी राजदूत सर्गेइ मेलिक ब्यागदासारोभले बताएका छन् ।

‘स्पुटनिक पाँचौ दर्ता हुनअघि नै हामीले भेनेजुयलाबाट यसको क्लिनिकल ट्रायलमा सहभागी हुने प्रस्ताव पाएका थियौं । यसलाई संयुक्त रुपमा स्थानीय बजारमा प्रतिनिधित्व गर्ने प्रस्ताव पनि आएको छ,’ राजदूत सर्गेइले भने ।
फिलिपिन्सले पनि अक्टुबरदेखि आफ्नो देशमा यसको क्लिनिकल परीक्षण थाल्नेबारे कुरा भइरहेको राष्ट्रपति रोड्रिगो दुतार्तेका प्रवक्ता ह्यारी रोक्यिुले जनाएका छन् । यसअघि फिलिपिन्सका राष्ट्रपति दुतार्तेले रुसको गामालिया इन्स्टिच्युटले तयार पारेको यस भ्याक्सिनको क्लिनिकल परीक्षणमा समावेश हुन आफु तयार रहेको बताएका थिए ।

रुसले तेस्रो चरणको क्लिनिकल ट्रायल सुरु हुनअघि नै मंगलबार भ्याक्सिन दर्ता गरेको हो । तेस्रो चरणको क्लिनिकल परीक्षण र समूहमा भ्याक्सिन लगाउने काम एकसाथ अघि बढाउने योजना रुसले बनाएको छ । पहिलो चरणमा शिक्षक र स्वाथ्यकर्मीहरुलाई भ्याक्सिन लगाउने रुसको योजना छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मंगलबार विश्वको पहिलो कोभिड–१९ भ्याक्सिन तयार भएको र आफ्नी छोरीमा यसको परीक्षण गरिएको घोषणा गरेका थिए । उनले यो भ्याक्सिन पूर्ण रुपमा सुरक्षित रहेको दाबी गरेका थिए । यता, विश्व स्वास्थ संगठन ९डब्ल्युएचओ० ले भने तेस्रो चरणको क्लिनिकल परीक्षण नसकी कुनै पनि भ्याक्सिनले स्विकृति पाउन नसक्ने जनाएको छ ।

डब्ल्युएचओले रुसी भ्याक्सिनले सबै परीक्षण पूरा गर्नुपर्ने जनाएको थियो । रुसले अक्टुबरदेखि आफ्नो देशमा जनस्तरमा भ्याक्सिन लगाउने कार्यक्रम सुरु गर्ने जनाएको छ । रुसमा ९ लाखभन्दा धेरैमा कोरोना संक्रमण देखिइसकेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा