Lite Nepal

शुक्रबार, साउन ३०, २०७७

विराटनगर । प्रदेश १ मा २९६ जना कोरोना संक्रमित घरमै रहेको पाइएको छ। प्रदेशमा पर्याप्त आइसोलेसन सेन्टर नहुँदा ठूलो संख्यामा संक्रमितहरु घरमै रहेको पाइएको हो।

प्रदेशमा हाल ७४६ सक्रिय संक्रमित छन्। सक्रिय संक्रमितमध्ये ३ सय ५५ जना प्रदेश १ का विभिन्न आइसोलेसनमा भर्ना भएका छन्। ३९१ संक्रमित आइसोलेसन केन्द्र बाहिर देखिन्छ।

जसमध्ये शुक्रबार संक्रमण पुष्टि भएका ९५ जनाको व्यवस्थापनको काम भइरहेको सामाजिक विकास मन्त्रालय जनाएको छ। ९५ जना व्यवस्थापनको क्रममा रहेको देखिँदा पनि २९६ जना अहिले होम आइसोलेसनमा बसेको देखिएको छ।

तर स्थानीय तहहरुले होम आईसोलेसनमा बस्नेहरुको विवरण प्रदेश सरकारलाई उपलब्ध नगराउँदा कति संख्यामा होम आईसोलेसनमा छन् भनेर भन्न नसकिने सामाजिक विकास मन्त्रालय अन्र्तगतको कोभिड–१९ निगरानी, तथ्याङ्क संकलन तथा अनुगमन समितिको सचिवालय संयोजक डा. सरोज विशालले बताए।

प्रदेश १ मा होम आईसोलेसनमा बस्ने अधिकांश विराटनगरका छन्। विराटनगर महानगरपालिकाकाको कोभिड तथ्याङ्क अनुसार शुक्रबार सम्म ४ सय ४२ जनामा संक्रमण देखिएको छ। संक्रमित मध्ये ७६ जना डिस्चार्ज भएका छन्। विराटनगरका ३ सय ६६ सक्रिय संक्रमित छन्।

प्रदेश सरकारले सञ्चालन गरेका अस्पताल तथा आईसोलेसन केन्द्रहरुका वेड भरिँदै गएपछि मापदण्डअनुसार बस्न सक्नेहरुका लागि होम आइसोलेसनको सुविधा दिएको छ। विराटनगर महानगरपालिकाले शुक्रबार होम आइसोलेसनमा बस्नेहरुका लागि मापदण्ड पनि तयार गरेको छ।

प्रदेशमा शुक्रबारसम्म कोरोना संक्रमित हुनेको संख्या १ हजार ८२१ पुगेको छ। १ हजार ७५ जना डिस्चार्ज भएका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं