Lite Nepal

शनिबार, साउन ३१, २०७७

वीरगन्ज । वीरगन्जको कोभिड अस्पतालमा उपचारका क्रममा एक संक्रमितको मृत्यु भएको छ । गण्डक स्थित अस्थायी कोभिड अस्पतालमा शुक्रबार बेलुकी वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीका ६० वर्षिय वृद्धको मृत्यु भएको हो ।

साउन २१ गते पीसीआर रिपोर्ट पोजेटिभ देखिएका ती वृद्धलाई ज्वरो आएपछि साउन २४ गते साँझ गण्डक स्थित कोभिड अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा शुक्रबार बेलुकी ७ बजे मृत्यु भएको कोभिड अस्पतालका कोर्डिनेटर डाक्टर उदय नारायण सिंहले जानकारी दिए ।

योसँगै वीरगन्जमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २६ पुगेको छ । साउनमा मात्रै २२ जनाको मृत्यु भएको हो । वीरगन्जमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएका २६ मध्ये पर्साका १९, बाराका ५ र रौतहटका १ जना हुन् । जेठ ३१ गते वीरगन्जको घण्टाघरमा वेवारिसे मृत भेटिएका एक संक्रमित युवकको भने हालसम्म पहिचान खुल्न सकेको छैन ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं