Lite Nepal

मंगलबार, भाद्र १६, २०७७

झापा । झापाको शिवसताक्षी नगरपालिका ८ स्थित राजमार्गबाट करिव ७ लाख बराबरको भन्सार छली गरी ल्याएको ओरीयन्स कम्पनीको औषधी बरामद गरिएको छ ।

सोमबार दिउसो साढे २ बजे दुई वटा मोटरसाईकल र एउटा स्कुटरमा सवार गरी आएका ६ जना मानिसहरुलाई ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई चेकजाँच गर्दा औषधी फेला पारेको हो ।

भारतबाट ३०७ वटा बट्टामा प्याक गरी नेपाल तर्फ चोरी तस्करी गरी अबैध रुपमा ल्याएको पाईएपछी उक्त कम्पनीको औषधी बरामद गरिएको र बरामद गरिएको औषधी, मानिस तथा सवारी साधनहरु आवश्यक कारवाहीको लागी मेची भन्सार कार्यालय बुझाईएको ईलाका प्रहरी कार्यालय झिलझिले ले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं