Lite Nepal

मंगलबार, भाद्र १६, २०७७

पाँचथर । पाँचथरका एक बन्दीलाई कारोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला कारागारमा रहेका फिदिम नगरपालिका ६ का ४० वर्षीय पुरुषलाई संक्रमण देखिएको हो ।

जिल्ला प्रहरी कार्यालय पाँचथरको हिरासतमा रहेका उनलाई पुर्षक्षका लागि पाँच दिनअघि जेल चलान गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्ष सिद्धराज न्यौपानेले जानकारी दिए ।

कारागारमा उनीसँग तीनजनालाई क्वारेन्टाइनमा राखिएको कारागार प्रमुख सुरेन्द्र मुखियाले बताए । संक्रमित व्यक्तिसँगै रहेका अन्य दुईजनालाई भने संक्रमण देखिएको छैन ।

एक बन्दिमा कोरोना संक्रमण देखिएसँगै कारागारमा संक्रमण फैलिने जोखिम बढेको छ ।

कारागारमा जम्मा १४८ कैदीबन्दी छन् ।

जसमध्ये एक सय ३० जना पुरुष १६ महिला र दुई बालक रहेको मुखियाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा