Lite Nepal

मंगलबार, भाद्र १६, २०७७

पाँचथर । पाँचथरका एक बन्दीलाई कारोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला कारागारमा रहेका फिदिम नगरपालिका ६ का ४० वर्षीय पुरुषलाई संक्रमण देखिएको हो ।

जिल्ला प्रहरी कार्यालय पाँचथरको हिरासतमा रहेका उनलाई पुर्षक्षका लागि पाँच दिनअघि जेल चलान गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्ष सिद्धराज न्यौपानेले जानकारी दिए ।

कारागारमा उनीसँग तीनजनालाई क्वारेन्टाइनमा राखिएको कारागार प्रमुख सुरेन्द्र मुखियाले बताए । संक्रमित व्यक्तिसँगै रहेका अन्य दुईजनालाई भने संक्रमण देखिएको छैन ।

एक बन्दिमा कोरोना संक्रमण देखिएसँगै कारागारमा संक्रमण फैलिने जोखिम बढेको छ ।

कारागारमा जम्मा १४८ कैदीबन्दी छन् ।

जसमध्ये एक सय ३० जना पुरुष १६ महिला र दुई बालक रहेको मुखियाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं