यस्तो होस समाज, कोरोना जितेर फर्कदा फुल दिएर स्वागत

‘यसरी स्वागत होला भन्ने सोचेको पनि थिइँन’

Lite Nepal

बुधबार, भाद्र १७, २०७७

विराटनगर । कोरोना संक्रमण जितेर घर फर्कदा समेत समाजले दुव्यवहार गरेको घटना सुन्दा २१ दिन सम्म आईसोलेशनमा बसेर डिस्चार्ज भएका विराटनगर १२ का किशोर धमलालाई कसरी घर पुग्ने ? समाजले के भन्नला ? भन्ने पीरलो मनभरी थियो ।

यसै पीरले उनलाई कोरोना जित्दा खासै उत्साह थिएन समाजलाई समेत जित्नुपर्ने चुनौती उनले सम्झिएका थिए ।

तर, उनि जब घर पुगे दृष्य फरक थियो । हातमा फुलका गुच्चासहित भेला भएका छरछिमेक डिस्चार्ज भएको सुनेर उनको घर परिसर पुगेका थिए । उनि घर पुग्दा धमलालाई मात्रै हैन उनका सबै परिवारका सदस्यलाई छिमेकीले पुलका गुच्छाले स्वागत गरेर कोरोना जितेकोमा बधाई समेत दिए ।

धमला श्रमिक नेता समेत हुन् । परिवारमा पहिलो पटक कोरोना पोजेटिभ भएर विराटनगर महानगरपालिका स्थित मारवाडी सेवा सदनमा रहेको आईसोलेशनमा बसेका धमलाको परिवारका अन्य सदस्यमा पनि कोरोना पोजेटिभ देखिएको थियो ।

यद्यपि कसैमा पनि लक्षण नदेखिएकाले छोरा, छोरी र श्रीमती भने होम आईसोलेशनमा नै बसेका थिए । उनिहरु सबैले एकैपटक कोरोना जितेपछि समाजका सबै भेला भएर उनिहरुको हौसला बृद्धि गर्न स्वागत गरेर र बधाई समेत दिए ।

कोरोना संक्रमण देखिनसाथ कोरोना सँग भन्दा पनि समाजसँग लड्न गाह्रो होला भन्ने चिन्ता धमलालाई थियो ।

‘कोरोना त पचाईन्छ, तर समाजले कस्तो व्यवहार गर्ला, समाजमा फर्कदा के भन्नलान भन्ने पीर सँधै परिरहन्थ्यो तर, यो समाजले मलाई फरक व्यवहार देखायो, यो सबैले सिक्नुपर्छ,’ उनले अन्नपूर्ण सँग भने ।

आफु आईसोलेसनमा बस्दा र संक्रमण भएका अन्य परीवार घरमा नै बस्दा समेत उनिहरुलाई के भयो भन्ने चिन्ता भए पनि समाजका अग्रज व्यक्तिले उनलाई केही हुँदैन भनेर सम्झाउने गरेको अनुभव धमला सुनाउँछन् ।

‘कोरोना जित्ने आत्मबलले हो, कोरोना लागेपछि आईसोलेसनमा बस्दा परिवारको अवस्था के भयो होला ? समाजले के भनेहोलान भन्ने चिन्ता भयो भने कहाँबाट बढ्ने आत्मबल ?’ प्रश्न गर्दै उनले भने ‘घर परिवारमा तनाब भएन भने र समाजले पनि हौसला बढाए भने मात्रै हो सजिलै कोरोना पचाउने र आत्मबल बढाउने, नत्र मनमा चिन्दा भए सकिदैन रहेछ ।’

आफु आईसोलेसनमा बस्दा देखिनै परिवार र आफुलाई समाजले धेरै केयर गरेको उनि सुनाउँछन् । ‘मुख्य कुरा अब समाजको हेराई हुनुप¥यो’ उनले भने ‘समाज सुधारिए यस्ता धेरै रोग पचाईन्छ ।’

धेरै तिर कोरोना संक्रमितलाई हेर्ने नजर फरक भएको आफुले प्रत्यक्ष सुन्ने गरेको बताउँदै उनले भने ‘सामान्य रोग हो कोरोना, यसलाई हेर्ने र प्रचार गर्ने दृष्टिकोण परिवर्तन गरौँ ।’

धमला परिवारलाई स्वागत गर्न पुगेका समाजका अगुवा पदम श्रेष्ठले कोरोना जितेर फर्किनेहरुमाथि पनि समाजले गर्ने छिछि र दुरदुरको अवस्था अन्त्य हुनुपर्छ सन्देश दिन आवस्यक रहेको बताए ।

‘कोरोना जित्न समाजको प्रमुख भुमिका हुनुपर्छ, एकपटक सबैलाई लाग्ने रोगमा छिछि र दुर दुर गरेर हुन्छ ?’ उनले भने ।

अर्का अगुवा जगदिश तिम्सिनाले संक्रमण जितेर आएका मानिसलाई हुने दुर्ब्यबहारको अन्त्य गर्न स्वागत गरिएको बताए । ‘यो बेला दुर्ब्यबहार हैन, पुरानै अवस्थामा फर्किन समाजका हरेक सदस्यले सहयोग गर्नुपर्छ’ तिम्सिनाले भने ‘अब समाज सुधार्ने अभियान पनि आवस्यक छ ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा