Lite Nepal

बुधबार, भाद्र १७, २०७७

विराटनगर । प्रदेश १ मा आज १ सय ३७ कोरोना संक्रमित थपिएका छन् ।

सुनसरीमा ७१, मोरङमा ४७, झापामा ११, भोजपुरमा ३, पाँचथरमा १ र प्रदेश १ बाहिरका ४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सुनसरीको इटहरीमा ५८ जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमण देखिएका मध्ये ७ महिला र ५१ जना पुरुष रहेका छन् ।

धरानमा ७ , बर्जुमा २, इनरुवा र भोक्राहा नरसिंहमा १–१ र स्थानीय तह नखुलेका २ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

मोरङको विराटनगरका २१ महिला २३ पुरुष, धनपालथानमा १ पुरुष, स्थानीय तह नखुलेका २ पुरुष, झापाको कमल गाउँपालिकामा ३ महिला ३ पुरुष, मेचीनगरमा ३ पुरुष, विर्तामोड र गौरीगञ्जमा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता भोजपुरको हतुवागढीमा ३ पुरुष, पाँचथरको स्थानीय तह नखुलेका १ पुरुष र प्रदेश १ वाहिरका २ महिला २ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३ हजार ५९१ पुगेको छ ।

प्रदेश १ मा आज ८४ जना डिस्चार्ज भएका छन् । आज सम्म डिस्चार्ज हुनेको संख्या १ हजार ६८७ पुगेको छ ।

प्रदेश १ मा आज १ हजार ३४९ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ३३ महिला र १ सय ४ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार आज सम्म ९१ ह्जार ५१४ जनाको पीसीआर परीक्षण गरिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं