Lite Nepal

बुधबार, भाद्र १७, २०७७

काठमाडौं । सरकारले कोरोना भाइरसको सङ्क्रमण ५०० भन्दा बढी भएका जिल्लामा निषेधाज्ञा र २०० भन्दा बढी सङ्क्रमित भएका जिल्लामा बन्दाबन्दी गर्न निर्देशन दिएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलन मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोभिड–१९ को सङ्क्रमणलाई रोक्नका लागि ५०० भन्दा बढी सङ्क्रमित भएका जिल्लामा निषेधाज्ञा र २०० भन्दा बढी सङ्क्रमण भएका जिल्लामा बन्दाबन्दी गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइसकेको बताए।

पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला १२ वटा रहेका छन्। मोरङ, सुनसरी, बारा, महोत्तरी, धनुषा, रौतहट, सर्लाही, पर्सा, चितवन, काठमाडौँ, ललितपुर र रुपन्दही रहेका छन्।

अक्सफोर्ड पोलेसि म्यानेजमेन्टले गरेको नेपालमा कोभिड–१९ को सङ्क्रमितको सर्वेक्षणमा भ्रममा नपर्ने मन्त्रालयका प्रवक्ता डा गौतमले बताउनुभयो। उहाँले मन्त्रालयले आफ्नै नेपालमा कति सङ्क्रमित हुन सक्छन् भनेर अनुमान गर्नका लागि प्रक्षेपण गरिरहेको समेत जानकारी दिए।

उनले कोभिड–१९ को खोप विश्वमा बनेर परीक्षणको क्रममा रहेको भन्दै खोपको सफल परीक्षणपश्चात नेपालमा समेत ल्याइने जानकारी दिए। यस्तै मन्त्रालयले सोह्र श्राद्ध भर्चुअल विधिबाट गर्नसमेत आग्रह गरेको छ।

कोरोना भाइरसको सङ्क्रमण विगत २४ घण्टामा एक हजार १२० जनामा देखिएको छ। अहिलेसम्म नेपालमा ४१ हजार ६४९ जना कोभिड–१९ को सङ्क्रमण देखिएको छ। आजै १ हजार ११२ जना निको भएका छन्।

अहिलेसम्म २३ हजार २९० जना निको भएर घर फर्किएका छन्। यो ५६ प्रतिशत हो। रासस

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं