Lite Nepal

बुधबार, भाद्र १७, २०७७

विराटनगर । नेकपा विराटनगर महानगर कमिटिले कोरोनामुक्त भएका ६ जना सञ्चारकर्मीलाई सम्मान गरेको छ ।

बुधबार कोरोना संक्रमित उद्घोष दैनिकका पत्रकारहरुलाई कार्यालयमा गएर खादा ओढाई नेकपाले सम्मान गरेको हो ।

कोरोना संक्रमण भएकाहरुलाई छुवाछुत गर्ने र समाजमा अपमान गर्ने घटना भइहरेकोले त्यसलाई चिर्न अभियान थालिएको नेकपा महानगर अध्यक्ष सागर थापाले जानकारी दिए ।

कोरोना मुक्त भएकाहरुले प्लाज्मा दान गरि अन्य संक्रमितको उपचारमा पनि सहयोगी हुनसक्ने भएकोले उनीहरुको अपमान हैन सम्मान गर्नुपर्ने सन्देश दिन अभियान थालेको उनको भनाई छ ।

नेकपा महानगर कमिटि सचिव हेम कार्कीले पत्रकारहरुले आफूलाई कोरोना हुँदा त्यसबारे समाजलाई सुसुचित गरि सचेत रहन आह्वान गरेर उदाहरणीय काम गरेकोले पत्रकारबाटै सम्मानको थालनी गरिएको बताए ।

सो अवसरमा संक्रमितहरुलाई इम्युनिटी पावर बढाउने जडिबुटीजन्य चिया पनि हस्तान्तरण गरिएको थियो ।

विराटनगरका ९ जना पत्रकार र ३ जना सञ्चारकर्मीलाई कोरोना संक्रमण भएको थियो । सबैजना अहिले कोरोनामुक्त भइसकेका छन् ।

उक्त कार्यक्रममा पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष विक्रम लुईटेल, महासचिव विवेक गौतमको समेत उपस्थिती थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं