Lite Nepal

बिहिबार, भाद्र १८, २०७७

विराटनगर । प्रदेश १ मा आज ९५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४४, सुनसरीमा २८, झापामा १२, संखुवासभामा ६, धनकुटा र ते¥हथुममा २–२ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा आज ३३ जनामा संक्रमण देखिएको छ । १३ महिला र २० पुरुषको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।

मोरङको सुन्दरहरैचामा ३ पुरुष, लेटाङमा २ महिला १ पुरुष, कटहरीमा २ पुरुष, ग्रामथान र पथरीशनिश्चरेमा १–१ पुरुष र बुढीगंगामा १ महिलामा संक्रमण देखिएको छ ।

उता सुनसरीको धरानमा ४ महिला १७ पुरुष, इटहरीमा १ महिला २ पुरुष, बर्जु, भोक्राहा नरसिंह र स्थानीय तह नखुलेका १–१ पुरुष र देवानगञ्जमा १ महिला, झापाको कमल गाउँपालिकामा २ महिला ४ पुरुष, विर्तामोडमा ४ महिला १ पुरुष, अर्जुनधारामा १ पुरुष, संखुवासभाको खाँदबारीमा ५ पुरुष र मादीमा १ पुरुष, धनकुटाको शहिदभूमीमा १ पुरुष, धनकुटा नगरपालिकामा १ महिला, ते¥हथुमको म्याङलुङमा १ महिला १ पुरुष र प्रदेश १ बाहिरका १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३ हजार ६८० पुगेको छ ।

प्रदेश १ बाट आज ६० जना डिस्चार्ज भएका छन् । मारवाडी सेवा सदन आईसोलेसन केन्द्र, विराटनगरबाट १८, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १३ जना, होम आईसोलेसनबाट ११, कालि सदन आईसोेलेसन, विराटनगरबाट ७ जना, विराट मेडिकल आईसोलेसन केन्द्र, बुढीगंगाबाट ६ जना, रुम्झाटार आईसोलेसन केन्द्र, ओखलढुङ्गाबाट २, धाईजन आईसोलेसन केन्द्र, झापाबाट २ र वैजनाथपुर आईसोलेसन केन्द्र, विराटनगरबाट १ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार ७४७ पुगेको छ ।

प्रदेश १ मा आज १ हजार ७ सय ९० जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ३० महिला र ६५ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार हाल सम्म ९३ हजार २९८ जनाको पीसीआर परीक्षण गरिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा