Lite Nepal

बिहिबार, भाद्र १८, २०७७

धरान । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्प्तालमा सप्तरीका दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार राजविराज ७ का दुबै पुरुषको विहीबार १ घण्टाको अन्तरालमा मृत्यु भएको हो ।

प्रवक्ता सापकोटाका अनुसार छिन्नमस्ता अस्पतालबाट रिफर भएर कोभिड १९ अस्पतालमा भदौ ८ गते भर्ना भएका ५५ वर्षीय पुरुषको सवा एक बजे दिउँसो मृत्यु भएको छ ।

१५ वर्षदेखि मधुमेह र उच्च रक्तचाप रहेको बताएका प्रवक्ता सापकोटाले विरामीमा अल्परक्तको समस्या, कमजोरी देखिएको थियो ।

त्यसैगरि, राजविराजबाट आजै १ बजेर २० मिनेटमा भर्ना भएका अर्का ५० वर्षीय पुरुषको उपचारका क्रममा २ बजेर २ मिनेटमा मृत्यु भएको छ ।

प्रवक्ता सापकोटाका अनुसार विरामीमा ज्वरो, श्वासप्रश्वासमा समस्या र शरीर सिथिल हुने समस्या रहको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा