काठमाडौं । शुक्रबार बिहान संखुवासभा केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ ।
बिहान ७ बजेर २० मिनेटमा ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको हो ।
संखुवासभाको मकालु बरुण राष्ट्रिय निकुञ्ज, ताम्कु र पाथिभरा आसपास केन्द्रबिन्दू भएर भूकम्प गएको बताईएको छ ।
भूकम्पको झड्का छिमेकी जिल्लाहरुमा समेत महशुस गरिएको थियो ।