Lite Nepal

शुक्रबार, भाद्र १९, २०७७

विराटनगर । प्रदेश १ मा १ सय ४५ जना कोरोना संक्रमित थपिएका छन् । यो अहिले सम्मकै उच्च हो ।

मोरङमा ७०, सुनसरीमा ३४, झापामा २८, ओखलढुङ्गामा ४, उदयपुर, सोलुखुम्वु, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

विराटनगरमा आज ६० जनामा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार संक्रमण देखिएकामा २५ महिला र ३५ जना पुरुष रहेका छन् ।

मोरङको बुढीगंगामा २ महिला ४ पुरुष, लेटाङमा २ महिला, सुनबर्षी र ग्रामथानका १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

उता सुनसरीको दुहवीमा ७ महिला ६ पुरुष, इटहरीमा १ महिला ९ पुरुष, धरानमा १ महिला २ पुरुष, इनरुवामा २ पुरुष, गढीमा १ महिला १ पुरुष, बर्जुमा १ महिला १ पुरुष, बराहक्षेत्रमा १ पुरुष र कोशी गाउँपालिकामा १ महिलामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार झापाको कनकाईका ३ महिला ८ पुरुष, दमकमा ३ महिला २ पुरुष, मेचीनगरमा ४ पुरुष, भद्रपुर र झापा गाउँपालिकामा ३–३ र कचनकवल र गौरीगञ्जमा १–१ पुरुष, ओखलढुङ्गाको मानेभन्ज्याङमा २ महिला २ पुरुष, भोजपुरमा १ पुरुष, उदयपुरको त्रियुगाका १ पुरुष, सोलुखुम्वु र खोटाङको स्थानीय तह नखुलेका १–१ पुरुष र प्रदेश १ बाहिरका १ महिला ४ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३ हजार ८२५ पुगेको छ । प्रदेश १ मा ७२ जना डिस्चार्ज भएका छन् ।

पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन केन्द्र, गोठगाउँबाट ३२, मेची अस्पताल झापाबाट १६, कोभिड १९ आईसोलेसन केन्द्र, रंगेलीबाट ११, होटल एशियाटिक आईसोलेसनबाट ७, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ५, वि.जेनरल अस्पताल आईसोलेसन केन्द्र, हरिनगरबाट १ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज सम्म डिस्चार्ज हुनेको संख्या १ हजार ८१९ पुगेको छ ।

प्रदेश १ मा आज २ हजार १६१ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ५३ महिला र ९१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार हाल सम्म ९५ हजार ४५९ जनाको पीसीआर परीक्षण गरिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा