Lite Nepal

शुक्रबार, भाद्र १९, २०७७

काठमाडौं । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष खतिवडाले राजीनामा बुझाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

शुक्रबार दिउँसोको मन्त्रिपरिषद्को बैठकमा आफूलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिएकोमा धन्यवाद दिएका खतिवडाले त्यसपछि अर्थ मन्त्रालयमा कर्मचारीसँग बिदाइ कार्यक्रम गरेका थिए ।

त्यसपछि उनी सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पुगेर पनि कर्मचारीसँग बिदाइ भएका थिए ।

मन्त्रीले प्रधानमन्त्रीसमक्ष राजीनामा दिने व्यवस्थाअनुसार खतिवडाले राजीनामा बुझाएका प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले बताए ।

२०७४ सालको फागुनमा अर्थमन्त्री हुनुभएका खतिवडाको राष्ट्रिय सभा सदस्य पद गएको फागुनमा सकिएको थियो ।

तर राष्ट्रिय सभा सदस्य पद ६ महिनासम्म थपिने र मन्त्री बन्न पाउने प्रावधानका कारण उहाँले फागुनमा दोस्रो पटक सपथ लिएका थिए ।

अहिले भने नेकपाले राष्ट्रियसभा सदस्यमा वामदेव गौतमलाई सिफारिस गरेपछि खतिवडाले राजीनामा दिएका थिए । उनको राष्ट्रिय सभाको पदावधि भोलि शनिबार सकिँदैछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा