Lite Nepal

शनिबार, भाद्र २०, २०७७

विराटनगर । विराटनगरमा कोरोना संक्रमित थप एक जनाको मृत्यू भएको छ ।

शनिबार विहान ११ बजे कोशी अस्पतालको आइसोलेशनबाट रिफर गरिएका मोरङ धनपालथान गाउँपालिकाका ५२ वर्षीय पुरूषको कोभिड उपचार केन्द्रमा मृत्यु भएको हो ।

स्वावप्रश्वासमा समस्या भएपछि कोशी अस्पतालको आइसोलेनमा भर्ना गरिएका उनलाई शुक्रबार राति कोभिड अस्पतालमा लगिएको थियो ।

उनको उपचारको क्रममा मृत्यु भएको कोशी अस्पतालका फिजिसियन डा. लक्ष्मीनारयण यादवले जानकारी दिए ।

मृतकको स्वाब परीक्षण गर्दा शनिबार नै कोरोना संक्रमण पुष्टि भएको थियो ।

हालसम्म कोरोनाको कारण मोरङमा मृत्यु हुनेको संख्या १९ पुगेको छ ।

शुक्रबार साँझ मात्र विराटनगरका २ जना कोरोना संक्रमित महिलाको मृत्यु भएको थियो ।

एक जनाको कोशी अस्पतालको आइसोलेसनमा र एक जनाको बीपी कोइराला स्वास्थ्य विज्ञापन प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रदेश १ मा हाल सम्म कोरोनाबाट ३८ जनाले ज्यान गुमाएका छन् ।

जसमध्ये १२ जना प्रदेश २ का छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं