Lite Nepal

सोमबार, भाद्र २२, २०७७

विराटनगर । निजामती सेवा दिवसको अवसर पार्दै प्रदेश १ का भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री राम रानामगरले मन्त्रालयको प्रांगणमा पूmल रोपेका छन् ।

निजामती कर्मचारीहरुलाई शुभकामना दिँदै उनले फुल रोपेका हुन् । दिवसको अवसरमा मन्त्रालयकी सचिव निरु दाहाल पाण्डे दाहाल, उपसचिव राजेन्द्र उप्रेतीलगायतले पनि गमलामा फुल रोपेका थिए ।

विगत वर्षहरुमा निजामती दिवस भव्य रुपमा मनाइने भएपनि यो कोरोना भाइरसको महामारीका कारण पूmल रोपणमानै सिमित गरिएको छ ।

फुल रोप्ने कार्यक्रममा मन्त्रालयका कर्मचारी लगायतका सहभागी थिए । दिवसकै अवसरमा ४० जना कर्मचारीहरुलाई पुरस्कृत गर्ने संघीय सरकारले घोषणा गरेको छ ।

तथापी ४० जना पुरस्कृत हुँदा कृषि क्षेत्रका कर्मचारी एकजना पनि नपरेको भन्दै कार्यक्रममा सहभागीहरुले गुनासो गरे ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं