काठमाडौं । नेकपा एमालेको पार्टी पुनर्गठनसम्बन्धी कार्यदलले एकीकृत प्रतिवेदन तयार गरेको छ। सचिव महेश बस्नेतका अनुसार अब अध्यक्षको राजीनामा माग्ने, अध्यक्षलाई हटाउने वा आलोचना गर्ने विषय नउठाउने सहमति भएको छ।
कार्यदलले उपाध्यक्ष रामबहादुर थापा र महासचिव शंकर पोखरेलका प्रतिवेदन तथा १३ समूहबाट आएका सुझाव समेटेर प्रतिवेदन तयार गरेको हो। प्रतिवेदन सचिवालय हुँदै भोलिदेखि सुरु हुने केन्द्रीय कमिटी बैठकमा पेस गरिने बस्नेतले बताए।

विशेष महाधिवेशन वा विशेष विधान अधिवेशन तत्काल नबोलाउने र राष्ट्रिय प्रतिनिधि परिषद्को बैठकमार्फत पार्टी एकता प्रदर्शन गर्ने सहमति भएको उनको भनाइ छ।