Lite Nepal

बिहिबार, भाद्र २५, २०७७

काठमाडौँ । मनसुनको न्यून चापीय रेखाको प्रभावले अहिले देशभरको मौसममा सामान्य बदली भएको छ ।

मौसममा भएको बदलावसँगै अहिले देशभरका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमा महाशाखाका अनुसार आज दिउँसो र राति गरी विभिन्न ५ प्रदेशमा भारी वर्षाको सम्भावना छ ।

प्रदेश नम्बर १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नम्बर ५ का एक दुई स्थानमा आज दिउँसो मेघगर्जन, चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आजै राति प्रदेश १, प्रदेश नम्बर २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ मा भारी वर्षाको पूर्वानुमान गरिएको महाशाखाले जनाएको छ ।

भारी वर्षा हुने क्षेत्रमा आगामी २४ घण्टासम्म सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा