Lite Nepal

बिहिबार, भाद्र २५, २०७७

ताप्लेजुङ । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङका १७ वर्षीय खगेन्द्र नाल्बो उपचार खर्चको अभावमा अहिले काठमाडौंको एक अस्पतालमा छट्पटाई रहेका छन् ।

ब्लडक्यान्सर भएपछि काठमाडौंस्थित सिभिल सर्भिस हस्पिटल अफ नेपाल नामक अस्पतालमा उपचारार्थ भर्ना भएका नाल्बो अहिले आवश्यक उपचार खर्चको अभावमा सोही अस्पतालमै छट्पटाई रहेकी छन् ।

खाम्लुङकै पृथ्वी माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत नाल्बोलाई ब्लडक्यान्सर भएपछि डेढ महिना अघिदेखि सिभिल सर्भिस अस्पतालमा उपचारत छन् । अस्पतालले करिव १५ लाख रुपियाँ जति उपचार खर्च लाग्ने भनेपछि सो रकम पु¥याउन नसक्दा बिरामी अस्पतालको बेडमा छट्पटाइरहेका छन् भने उनका आफन्तलाई खर्च जुटाउनलाई सकस परिरहेको छ ।

पारिवारिक आर्थिक अवस्था अत्यन्तै कमजोर भएका कारण क्यान्सरका रोगी छोराको अहिलेसम्म आवश्यक उपचार गराउन नसकेको बाबु सुखराज नाल्बोले दुःखेसो पोखे । छोराको उपचार त हुन्छ, तर अस्पतालले खर्च धेरै लाग्छ भनेपछि आफ्नो होस्हावस नै उडेको सुखराजको भनाइ छ । तैपनि मृत्युसँग सङ्घर्ष गरिरहेका क्यान्सर रोगले ग्रसित छोराको उपचारमा सहयोग गरिदिन सबैसँग गुहार माग्न सुरु गरेको उनले बताए ।

छोरालाई बचाउने सोच राखेर उपचार खर्चका सबैसँग सहयोगको याचना गरिरहेकोर हाल आफ्नै नाममा एनसीसी बैङ्कको खाता नं. १५३००००००९३१० मा सहयोग रकम जुट्दै आएको पनि उनले बताए ।

देश विदेशमा रहेका आफन्त, नातेदार तथा सहयोगी मन भएकाहरुबाट सहयोग रकम जुट्ने क्रम जारी रहेको र अझै आवश्यक रकम जुटिनसकेकाले सहयोग गरिदिन सबैसँग उनले अपिल गरेका छन् । सहयोगी मनका धनीहरुले ९८६५४८३८६१ नम्बरमा सम्पर्क गरिदिन हुन पनि पीडित परिवारले सार्वजनिक आग्रह गरका छन् । सजिलोखबरमा प्रयास लिम्बूबाट लिखित समाचार

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा