झापा समाचारदाता

शनिबार, भाद्र २७, २०७७

बिर्तामोड । वीएण्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले कोरोना संक्रमण र संक्रमितलाई हेर्ने दृष्टिकोणमा सुधार नभएकाले यो भयावह भएको बताएका छन् ।

संक्रमितलाई समाजमा अर्कै ग्रहबाट आएको जस्तो गर्ने, संक्रमण देखिदा के के न भए जस्तो गरी बढी हल्ला फैलाउने भएकाले पनि यसले मानिसको मनस्थिती र समाजमा गलत प्रचार भएको उनको भनाई छ ।

श्निबार अस्पताल परिसरमा पत्रकार सममेलन गर्दै कार्यकारी निर्देशक प्रसाईले अस्पतालले कोरोना संक्रमितलाई उच्च प्राथमिकता दिदै रेखदेख गरेको र अस्पतालमा रहेका संक्रमितको अवस्था सामान्य रहेको बताए ।

अहिलेको तथ्याङ्क हेर्दा समेत कोरोनाबाट भन्दा अन्य रोगबाट धेरैको ज्यान गएको बताउँदै उनले धेरै मृतकमा पनि संक्रमण पोजेटिभ देखिएकाले कोरोना मात्रै भन्दा नागरिकले गलत अर्थमा बुझेको बताए ।

‘कोरोना पनि सामान्य रोग जस्तै हो, तर अन्य भन्दा बढी साबधानी अपनाउनु पर्छ भन्ने कुरा बुझाउन नसक्दा यो जटिल जस्तो देखिएको छ,’ निर्देशक प्रशाईले भने ‘यती संक्रमीत, उति संक्रमित भन्नु भन्दा अब यसलाई सामान्य बनाएर साबधानीका उपायको प्रचार गरौँ ।’

निर्देशक प्रसाईले मेची अञ्चलको स्वास्थ्यकोे जिम्मा बीएण्डसीलाई र क्यान्सरको जिम्मा पूर्वाञ्चल क्यान्सर अस्पताललाई दिँदा सबै थाम्न समेत आफु तयार रहेको धारणा राखे । ‘मैले ५÷६ महिना अघि नै पत्रकार सम्मेलन गरेर भनेको थिए, क्यानसरको जिम्मा नेपालको मात्रै होइन दक्षिण पूर्वी एसियाकै जिम्मा लिने गरी दुई वटा संस्था मिलेर अघि बढेका छन्,’ उनले भने ‘क्यान्सर र अरु रोग दुबै थाम्ने गरी अस्पताल खडा छ ।’

अस्पतालमानै कारोना संक्रमितको लागी आइसुलेसन


निर्देशक प्रसाईले अस्पतालमा सबै रोगको उपचार हुने भन्दै कोरोना संक्रमितको समेत छुट्टै आइसुलेसन वाडमा राखेर उपचार गर्न शुरु गरिएको जानकारी दिएका छन् ।

‘हामीले कोरोना परिक्षणमा चासो राखेका छौँ, स्वाव परीक्षण गराउँछौँ, आईसोलसन राखेका छौँ, त्यसैले त देखियो कोरोना,’ उनले भने ‘परीक्षण नगराउँदा कहाँ देखिन्थ्यो र ? हामी समय अनुकुल चलेका छौँ, प्रविधी र प्रयोग दुबै सँगै छ ।’

प्रसाईले भने अन्य अस्पतालले पनि विरामीको परीक्षण गर्नु हो भने सबै अस्पतालमा यसको संक्रमण देखिने दाबी गरे ।

एउटै छाना मुनी १ सय १० जना डक्टरको टिम आफूसंग रहेको दाबी गर्दै नेपालमा अन्य कुनै अस्पतालमा पनि यस्तो जनशक्ति नरहेको बताए ।

बीएण्डसी अस्पतालमा कार्यरत केही चिकित्सक, नर्स र कर्मचारी कोरोना संक्रमणका कारण अहिले आइसुलेसनमा हेका छन् । उनीहरुको अवस्था सामान्य रहेको अस्पतालका डा. राजु श्रेष्ठले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं