काठमाडौँ । दक्षिण चीनको ग्वाङ्सी प्रान्तमा आएको टाइफुन नाराका कारण उत्पन्न भीषण बाढीपछि करिब ४ हजार स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ।
ग्वाङ्सीको फाङचेनगाङ सहरस्थित साङ्सी काउन्टीमा बाढीका कारण जनजीवन प्रभावित भएपछि उद्धार टोलीले चौबीसै घण्टा खटिएर उद्धार कार्यलाई तीव्रता दिएका छन्। टाइफुनको बढ्दो जोखिमलाई मध्यनजर गर्दै शनिबार राति उक्त क्षेत्रमा दोस्रो तहको चेतावनी जारी गरिएको थियो।
स्थानीय अधिकारीका अनुसार आइतबार साँझसम्म प्रभावित क्षेत्रबाट करिब ४ हजार सर्वसाधारणलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। बाढीबाट भएको क्षतिको विस्तृत विवरण संकलन भइरहेको जनाइएको छ। उद्धार तथा राहत कार्य अझै जारी रहेको अधिकारीहरूले बताएका छन्।
