Lite Nepal

बिहिबार, आश्विन ०१, २०७७

विराटनगर । प्रदेश १ मा विहीबार २४ घण्टामा १ सय ७१ जना संक्रमित थपिएका छन् ।

यो दैनिक संक्रमण संख्यामा अहिले सम्मकै उच्च हो ।

मोरङमा ९२, सुनसरीमा ६३, झापामा ११, खोटाङ र धनकुटामा १–१ र प्रदेश १ बाहिरका ३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा आज ६५ जनामा संक्रमण देखिएको छ ।

संक्रमित हुनेमा १५ महिला र ५० पुरुष छन् । मोरङको बढीगंगामा ४ महिला ६ पुरुष, जहदा र कटहरीमा ३–३ पुरुष, सुन्दरहरैचामा १ महिला १ पुरुष, लेटाङमा १ पुरुष, रतुवामाई, रंगेली र धनपालथानमा १–१ महिला, बेलबारी र ग्रामथानमा १–१ पुरुष, स्थानीयतह नखुलेका १ महिला २ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता सुनसरीको धरानमा ११ महिला १७ पुरुष, दुहवीमा ३ महिला १९ पुरुष, इटहरीमा ४ महिला ७ पुरुष, गढीमा २ पुरुष, झापाको दमकमा ५ महिला १ पुरुष, मेचीनगरमा ३ पुरुष, कनकाईका १ महिला र स्थानीयतह नखुलेका १ पुरुष, खोटाङमा १ महिला, धनकुटामा १ पुरुष र प्रदेश १ बाहिरका १ महिला २ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५ हजार २ सय ७१ पुगेको छ ।

प्रदेश १ मा आज ४३ जना डिस्चार्ज भएका छन् । आज सम्म डिस्चार्ज हुनेको संख्या २ हजार २३९ पुगेको छ ।

प्रदेश १ मा आज १ हजार १५७ जनाको पीसीआर परीक्षण भएको छ ।

परीक्षण गरिएका मध्ये ५० महिला र १२१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं