Lite Nepal

शुक्रबार, आश्विन ०२, २०७७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक आइतबारसम्म सरेको छ।

शुक्रबारका लागि बोलाइएको सचिवालय बैठक आइतबार बस्ने गरी सारिएको महासचिव विष्णु पौडेलले जानकारी दिए।

बुधबार प्रधानमन्त्रीको केपी ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको छलफलले पहिलो पटक पेरिसडाँडामा सचिवालय बैठक तय गरेको थियो।

तत्कालीन एमाले र माओवादीबीच एकता भएर नेकपा बनेपछि पहिलो पटक तत्कालीन माओवादीको पार्टी मुख्यालय पेरिसडाँडामा बैठक बस्ने निर्णय भएको थियो।

यसअघि अधिकांश बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै राख्ने गरिएको थियो।

सचिवालय बैठकले समसामयिक र पार्टी एकताका बाँकी कामको विषयमा छलफल गर्ने पौडेलले जानकारी दिए।

पेरिसडाँडामा हुने बैठकमा मन्त्रिपरिषद् पुर्नगठनका विषयमासमेत छलफल हुनेछ।

नेकपाको यही भदौ २६ गते सहमतिका साथ निर्णय भई स्थायी कमिटीको बैठक सम्पन्नपछि अध्यक्षद्वयले अन्तरपार्टी सर्कुलर जारी गरी सरकार र पार्टीका कामलाई थप व्यवस्थित र प्रभावकारी बनाउने सङ्कल्प गरेका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा