विराटनगर । भोटेकोशी नदीमा आएको बाढीमा परी हराएका पत्रकार टेकराज थामी फर्किएर नआएपछि आज कुशको शव बनाएर अन्त्येष्टि गरिएको छ। बाढीमा हराएपछि परिवारले उनी फर्किएर आउने आशामा लामो समयसम्म प्रतीक्षा गरेको थियो।
२४ दिन बितिसक्दा पनि उनको अवस्था अज्ञात रहेपछि परिवारले धार्मिक तथा परम्परागत विधिअनुसार कुशको शव बनाएर पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरेको हो। थामीको खोजीका लागि विभिन्न प्रयास भए पनि उनी फेला पर्न सकेका थिएनन्। परिवारका लागि लामो प्रतीक्षापछि गरिएको यो अन्त्येष्टि भावुक र पीडादायी बनेको छ।

तस्बिरहरू : नेपाल न्यूज बैंक



