Lite Nepal

सोमबार, आश्विन ०५, २०७७

बिर्तामोड । बीएण्डसी अस्पतालमा कार्यरत १२ जना स्वास्थ्यकर्मीले एकैपटक कोरोना जितेका छन् ।

संक्रमण भएको १५ दिनपछि उनीहरु संक्रमणमुक्त भएका हुन् ।

संक्रमणमुक्त भएका स्वास्थ्यकर्मीलाई अस्पताल प्रशासनले सोमबार विशेष कार्यक्रमका बीच स्वागत सम्मान गरेको छ ।

अस्पतालको व्यवस्थापन तथा उपचारमा रहेका उनीहरुलाई काममा फर्कनुअघि अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले पूmलका गुच्छा दिएर र खदा होडाएर सम्मान गरेका हुन् ।

सम्मान गर्दै प्रसाईले कोराना संक्रमणको जोखिम भएपनि यसबाट कोही भाग्न नसक्ने बताए ।

तत्कालका लागि कोरनासँग मिलेर जानुको विकल्प नभएको बताउँदै कार्यकारी निर्देशक प्रसाईले केयर गरे कोरोना सामान्य रोग भए पनि हल्ला बढी भएको बताए ।

संक्रमण मुक्त भएका स्वास्थ्यकर्मीसँग अस्पतालका डाक्टर र सञ्चारकर्मीले पनि फोटो खिचेका थिए भने निर्देशक प्रसाईले अंकमाल गर्दै संक्रमण मुक्त भएकोमा बधाई दिए ।

संक्रमणमा परेका स्वास्थ्यकर्मीलाई अन्यत्र कतै नपठाई आफ्नै अस्पतालको आइसोलेसनमा उपचार गरेको कार्यकारी निर्देशक प्रसाई बताउँछन् ।

संक्रमण मुक्त भएका डाक्टर राजेशले सो क्रममा भने ‘बाहिर अनेकथरी हल्ला फैलियो, तर हामी अलिकति पनि विचलित भएनौं कोरोना पराजित भयो ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं