विराटनगर । सुनसरी, प्रहरीले सुनसरीको इटहरी उपमहानगरपालिका–५ स्थित पूर्व–पश्चिम लोकमार्गबाट एम्बुलेन्समा लुकाएर लैजाँदै गरिएको ठूलो परिमाणको गाँजा बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार मंगलबार राति प्रहरीले को १ च ७५३ नम्बरको एम्बुलेन्स चेकजाँच गर्ने क्रममा एम्बुलेन्सभित्र प्लास्टिकले पोका बनाई राखिएको अवस्थामा ४५० किलो गाँजा फेला पारेको हो।

प्रहरीले गाँजासहित एम्बुलेन्सलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय इटहरी सुनसरीमा बुझाएको जनाएको छ। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।