Lite Nepal

बिहिबार, आश्विन ०८, २०७७

विराटनगर । प्रदेश १ सरकारले पहिलो चरणमा ६ सय शिक्षकलाई सूचना प्रविधि संवन्धि तालिम दिने भएको छ ।

६ वटा स्थानीय तहका एक–एक सय शिक्षकलाई पहिलो चरणमा तालिम दिनेगरि सामाजिक विकास मन्त्रालयले कार्यक्रम अघि बढाएको छ ।

प्रदेश सरकारको विद्यालय शिक्षा गुणस्तर सुधार कार्यक्रम सञ्चालन निर्देशिका अनुसार सूचना प्रविधि शिक्षामा आधारित भई शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गर्न र डिजिटल साक्षरता कार्यक्रम सञ्चालन गर्न विद्यालयमा अध्यापनरत शिक्षकहरुका लागि आधारभुत कम्प्युटर ज्ञान तथा सूचना प्रविधि शिक्षा संवन्धि शिक्षकहरुमा क्षमता विकास तालिम सञ्चालन गर्ने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले स्थानीय तहहरुसँगको साँझेदारीमा पहिलो चरणमा ६ वटा स्थानीय तहमा यसै साता भित्र तालिम सञ्चालन गर्ने योजना बनाएको छ ।

तालिम सञ्चालनका लागि मन्त्रालयले स्थानीय तहहरुसँग सम्झौता गरिरहेको छ । सामाजिक विकास मन्त्रालय र झापाको अर्जुनधारा नगरपालिकावीच सम्झौता भइसरको बताइएको छ ।

बुधबार सामाजिक विकास मन्त्री जीवन घिमिरे र अर्जुनधारा नगरपालिका प्रमख हरिकुमार रानामगरले सम्झौता आदान प्रदान गरे ।

सम्झौता कार्यक्रममा मन्त्री घिमिरेले समय बद्लिएकाले शिक्षण सिकाई कक्षाकोठामा मात्र सिमित नराखी सूचना प्रविधिको उपयोग गरि शिक्षा दिन आवस्यक रहेकोमा जोड दिए ।

मन्त्रालयले यसअघि इलामको सुर्योदय नगरपालिका, झापाको मेचीनगर नगरपालिका, मोरंगको पथरीशनिश्चरे नगरपालिका, सुनसरीको इटहरी उपमहानगरपालिकासँग सम्झौता गरिसकेको छ ।

विहिबार उदयपुरको त्रियुगा नगरपालिकासँग सम्झौता हुने बताईएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा